News Category 2071/06/15
एनसेल नेटवर्कमा समस्या
दैनिक संवाददाता
राजविराज, १४ असोज ।
सप्तरीको भारदह १ स्थित एनसेलको नेटवर्कमा आएको समस्याका कारण त्यस भेगका स्थानीयबासीहरु समस्यामा परेका छन ।
विगत ५ वर्ष अघि भारदह १ स्थित निमार्ण गरिएको एनसेलके नेटवर्क त्यस भेगमा काम गर्न छाडेपछि त्यस भेगका विभिन्न गाविसका हजारौ मोवाईल उपभोक्ताहरु समस्यामा परेका हुन ।
एनसेलको नेटवर्कले काम गर्न छोडेपछि त्यस भेगका भारदहका साथै छिमेकी पोर्ताहा, १ न.योगिनिया, २ न.योगिनिया, वैरवा, त्रिकोल, गोईठी, डिमन, गोबरगाढा, हनुमाननगर सहित विभिन्न दुई दर्जन गाविसका हजारौ उपभोक्ताहरु मारमा परेका छन ।
विगत २ वर्षदेखि एनसेलको टावरले भारदहदेखि करिब १ किलोमिटर सम्म मात्र नेटवर्क टिप्ने गरेका कारण त्यस भेगका हजारौ एनसेल प्रयोगकर्ताहरु समस्यामा पर्न थालेको स्थानीय २ न. जोगिनिया वडा न. ९ का इन्द्र नारायण राउतको कथन छ ।
भारदह बजारदेखि करिब १ किलोमिटर सम्म मात्र एनसेलले नेटवर्क टिप्ने गरेका कारण एनसेलको सिम तथा रिचार्ज कार्ड विक्रि वितरणमा समेत कमि आएको स्थनीय मोवाईल विक्रेता फुलेन्द्र साहले जानकारी दिनुभयो ।
एनसेल नेटवर्कमा विगत दुई वर्ष देखि समस्या उत्पन्न हुने गरेपनि त्यस तर्फ बारम्बार एनसेल नेटवर्क प्रालिलाई जानकारी गराउँदा पनि कुनै चाँसो नदेखाएको स्थानीय मोवाईल उपभोक्ताहरुको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ