News Category 2079/02/06

नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु 

दैनिक समाचारदाता

नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु 

दैनिक समाचारदाता
राजविराज, ६ जेठ । 
    सप्तरीको राजगढ गाउँपालिकाका एक निर्वाचित जनप्रतिनिधिको शुक्रबार बिहान मृत्यु भएको छ ।
    निर्वाचन जितेर बिजय जुलुस मनाएर राती सुत्न गएका राजगढ गाउँपालिका ५ का ६९ वर्षिय राजेन्द्र सुतिहार शुक्रबार बिहान आफ्नो घरमा सुतेकै ठाउँमा मृत भेटिएका हुन् । 
     जसपाबाट वडा सदस्य पदमा निर्वाचित भएर अघिल्लो दिन साँझसम्म बिजय जुलुसमा सहभागि भएका सुतिहार घर फर्केपछि खाना खाएर सुतेका थिए ।
    वडा अध्यक्ष देवेन्द्र साहले बिजय जुलुसमा निकै प्रसन्न देखिएका सुतिहारको निधनको खबरले चकित परेको सुनाए ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले वडा सदस्य सुतिहार मृत फेला परेको घटना बारे आवश्यक कुरा बुझ्न त्यसतर्फ एक प्रहरी टोली खटाइएको जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस