News Category 2071/06/20
मुस्लिम समुदायको महान पर्व बकरईद आज मनाइदै
दैनिक संवाददाता
राजविराज, १९ असोज ।
मुस्लिम समुदायको ईद पछिको महान पर्व बकरईद अर्थात इदुजोहा सोमबार देशभरका मुस्लिम समुदायले धुमधामसँग मनाउँदै छन् । यो पर्व तीन दिनसम्म मनाइन्छ ।
यस पर्वमा मुसलमानहरूले खासगरी कुरबानी गर्नुपर्ने नियम छ । आर्थिक अवस्था राम्रो हुनेहरू हज गर्न साउदी अरबको मक्का–मदिना जाने गर्दछन् । यस वर्ष नेपालबाट एक हजार भन्दा बढी मुसलमानहरू हजका निम्ति मक्का मदिना गएका छन् ।
मुसलमानहरूका पाँच धार्मिक मान्यताअनुसार हज गर्नु एउटा हो । रमजानजस्तो कठोर ब्रत नबस्नुपर्ने यो पर्व इदुल फित्रको ठीक ७० औँ दिन मनाइन्छ ।
कुरबानीका लागि नेपाली मुसलमानहरूले खसी, भैँसी एवम् बाँझो पाठीलाई इदुजोहाको नमाज पढेर घर आइसकेपछि बली चढाउँछन् जसलाई कुरबानी भनिन्छ । कुरबानी आफ्ना नामको अतिरिक्त परिवारका मृत सदस्यहरूको नाममा पनि चढाइन्छ ।
धार्मिक ग्रन्थ कुरानका अनुसार अल्लाहका नवि इव्राहिम अलि सलामले ८० वर्षको उमेरमा आफ्नी पत्नी हाजराका गर्भबाट जन्मिएको छोरा इस्माईल अलि सलामलाई अल्लाहको आदेशमा कुरबानी दिन गएका थिए । तर अल्लाहले नवि इव्राहिम अलि सलामको यो कदमबाट निकै प्रसन्न एवं खुशी भई उनको कुरबानीलाई स्वीकार गरी छोरा इस्माईलको ठाउँमा दुम्बा (भेडा) कुरबानी गरिएको थियो ।
यसै दिनदेखि मुसलमानहरूले अल्लाहको आदेशलाई पालना गर्दै कुरबानी दिँंदै आएका छन् । कुरबानीको लागि उपयुक्त हुने वस्तुको सिङ, कान, पुच्छर, आँखा एवं खुर दुरुस्त हुनुपर्छ ।
ठूलो जनावर भए सात जना मिलेर कुरबानी दिइन्छ भने खसी, बाख्री एक जनाको नाममा कुरबानी दिनु पर्छ ।
कुरबानीको मासु तीन भाग लगाइ एक भाग आफ्ना लागि, बाँकी दुई भाग इस्टमित्र र समाजका मानिसलाई बाँढ्नु पर्ने तथा कुरबानी भएका जनावरको छालाको रकम मदरशालाई दिनुपर्ने धार्मिक मान्यता छ ।
इदुजोहाका नमाज पनि मुसलमानहरूले पूर्णरूपमा चोखो भई इदगाह वा मस्जिदमा गएर पढ्ने गर्दछन् । २० लाख मुसलमान रहेको नेपालमा इदुजोहाका दिन करिब पाँच लाख कुरबानी हुने अनुमान गर्न सकिन्छ ।
तीन दिन मनाइने यो पर्व यस वर्ष महान चाड दसैँ सँगसँगै परेकाले कुरबानी हुने भैँसी, खसी र बाँझो पाठी महँगिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
- 2082/01/01 शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
- 2082/01/01 काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने
- 2082/01/01 एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
- 2082/01/01 न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा
- 2081/12/30 देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ