News Category 2079/02/08
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
सप्तरीको १८ वटै पालिकाको अन्तिम परिणाम आइतबार सार्वजनिक भएको छ । प्राप्त अन्तिम परिणाम अनुसार पाँच पालिकासहित काँग्रेस पहिलो स्थान हासिल गरेको छ ।
त्यस्तै एमाले, जसपा र लोसपाले तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसले एक÷एक पालिकामा जित हासिल गरेको छ ।
घोषित परिणााम अनुसार जिल्लामा नेपाली काग्रेसले ३ नगरपालिका सहित ५ पालिका जितेर पहिलो स्थान हासिल गरेको हो । यस्तै जसपाले २ नगरपालिकासहित ३ पालिका, एमालेले १ नगरपालिका सहित ३ पालिका तथा लोसपाले ३ गाउँपालिकाको प्रमु्ख पदमा जित हात पारेको छ ।
यस्तै जनमत पार्टीले १ नगरपालिकासहित २ तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समावादीले १÷१ नगरपालिकामा जित हासिल गरेको छ ।
नेपाली काँग्रेसले सप्तकोशी नपा, कंचनरुप नपा, सुरुङ्गा नपा, तिरहुत गापा र तलाठी कोइलाडी गापा, जसपाले राजविराज नपा, विष्णुपुर गापा र बोदेबरसाइन नपा, नेकपा एमाले डाक्नेश्वरी नपा, अग्निसाइर कृष्णासवरण गापा र राजगढ गापा, लोसपा महादेवा गापा, छिन्नमस्ता गापा र रुपनी गापा,
जनमतले हनुमाननगर कंकालिनी नपा र बलानबिहुल गापा, माओवादी केन्द्रले खडक नपा तथा नेकपा एसले शम्भुनाथ नपामा जित हासिल गरेको हो ।
आईतवार घोषित अन्तिम परिणाम अनुसार डाक्नेश्वरी नगरपालिकाको मेयर उपमेयर दुबै पद एमालेले तथा रुपनी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद लोसपाले जितेको छ ।
यस्तै छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पद लोसपाले तथा उपाध्यक्ष पद माओवादी केन्द्रले हात पारेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ