News Category 2079/02/08
छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार २५ वर्षिय विद्यानन्द चौधरी निर्वाचित भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेका चौधरी जसपाका सत्यनारायण यादवलाई १ हजार १ सय २९ मतले पछी पार्दै निर्वाचित भएका हुन् ।
आइतवार सार्वजनिक मतगणनाको अन्तिम परिणाम अनुसार चौधरी २ हजार ८ सय ९५ मत ल्याई निर्वाचित भएका हुन । उनी जिल्लामा सबभन्दा कम उमेरका पालिका प्रमुख भएका हुन् ।
यस्तै उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रकी राजोदेवी यादव २ हजार ४ सय ७२ मत ल्याई निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी प्रमिला साहले १ हजार ५ सय ९५ मत प्राप्त गरिन ।
विद्यार्थीकाल देखी नै राजनीतिमा लागेका नवनिर्वाचित २५ वर्षिय चौधरी केही वर्ष यता जनताको घरदैलोमा पुगेर समाजिक गतिविधीमा सक्रिय थिए । आईतवार नै मुख्य निर्वाचन अधिकृत चन्द्रमण्ी ज्ञवालीको हातबाट सपथ लिएपछि जिल्ला कै कान्छा गाउँपालिका अध्यक्ष चौधरीले युवाहरुले समाजमा मात्र होईन राजनीतिक शैलीमा समेत परिर्वतन गर्न सक्छन भन्ने सन्देश दिने गरी काम गर्ने प्रतिक्रिया दिए ।
विगतको जनप्रतिनीधीहरुको कार्यकाल विवादीत रहेको र ३ वर्ष सम्म परिषद समेत हुन नसक्दा जनता विकासबाट बन्चित रहेकाले आपुृm यस्तो अवस्था आउन नदिन प्रयत्नसिल रहने बताए । प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिर समेत रहेको आफ्नो गाउँपालिकाको विकासका लागी सबैसित समन्वय गरी अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।
उनले मातृ भाषा मैथिलीमा सपथ लिन खोजेको भएपनि मुख्य निर्वाचन अधिकृत ज्ञवालीले नियम कानुनले नमिल्ने आग्रह गरेपछि नेपाली मै सपथ लिन बाध्य भए ।
सोही क्रममा लोसपाका महदेवा गाउँपालिकाबाट नवनिर्वाचित अध्यक्ष सुनिल मण्डलले पनि सपथ लिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ