News Category 2079/02/10
मेयर यादव फोहर व्यवस्थापनमा सक्रिय
दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
राजविराज नगरपालिकाका मेयर भिमराज यादव फोहर व्यवस्थापनमा सक्रिय भएका छन् ।
पदभार ग्रहण गरेको भोलिपल्ट मंगलबारदेखी नै उनी फोहर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माणका लागि सक्रियता देखाएका हुन् ।
वर्षोदेखी राजविराज नगरमा फोहर व्यवस्थापन गर्न कठिनाई भइरहेको बेला मेयर यादवले वडा नं. १५ स्थित खाँडो खोला छेउको ४४ का जग्गा २० वर्षका लागि लिजमा लिएर फोहर बिसर्जन गर्ने योजना बनेपछि उक्त स्थानको स्थलगत निरिक्षण समेत गरे ।
केही निर्माण सामाग्रि समेत लिएर उनी उक्त स्थान पुगि निजि खर्चमा जग्गामा सोलिङका लागि आवश्यक इटा र माटो खन्नका लागि स्कारभेटर समेतको व्यवस्था मिलाउने घोषणा गर्दै जग्गाको घेरबेर र आवश्यक व्यवस्था तत्कालै मिलाउन निर्देशन समेत दिए ।
फोहर व्यवस्थापन गर्न आवश्यक डम्पिङ ठाउँको तयारीमा जुटेका उनी फोहर व्यवस्थापन नभएका कारण दुर्घगन्धित रहेको राजविराज नगरलाई सुगन्धित बनाउने आफ्नो पहिलो प्रयास रहेको बताए ।
फोहर मैलाको व्यवस्थापनबाटै आफुले काम सुरुवात गरेको जनाउँदै मेयर यादवले आफू निर्वाचित भएको तीन महिनामै सुधारको प्रत्याभूती दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ