News Category 2079/02/10
मेयर यादव फोहर व्यवस्थापनमा सक्रिय
दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
राजविराज नगरपालिकाका मेयर भिमराज यादव फोहर व्यवस्थापनमा सक्रिय भएका छन् ।
पदभार ग्रहण गरेको भोलिपल्ट मंगलबारदेखी नै उनी फोहर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माणका लागि सक्रियता देखाएका हुन् ।
वर्षोदेखी राजविराज नगरमा फोहर व्यवस्थापन गर्न कठिनाई भइरहेको बेला मेयर यादवले वडा नं. १५ स्थित खाँडो खोला छेउको ४४ का जग्गा २० वर्षका लागि लिजमा लिएर फोहर बिसर्जन गर्ने योजना बनेपछि उक्त स्थानको स्थलगत निरिक्षण समेत गरे ।
केही निर्माण सामाग्रि समेत लिएर उनी उक्त स्थान पुगि निजि खर्चमा जग्गामा सोलिङका लागि आवश्यक इटा र माटो खन्नका लागि स्कारभेटर समेतको व्यवस्था मिलाउने घोषणा गर्दै जग्गाको घेरबेर र आवश्यक व्यवस्था तत्कालै मिलाउन निर्देशन समेत दिए ।
फोहर व्यवस्थापन गर्न आवश्यक डम्पिङ ठाउँको तयारीमा जुटेका उनी फोहर व्यवस्थापन नभएका कारण दुर्घगन्धित रहेको राजविराज नगरलाई सुगन्धित बनाउने आफ्नो पहिलो प्रयास रहेको बताए ।
फोहर मैलाको व्यवस्थापनबाटै आफुले काम सुरुवात गरेको जनाउँदै मेयर यादवले आफू निर्वाचित भएको तीन महिनामै सुधारको प्रत्याभूती दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ