News Category 2079/02/11

सप्तरीमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक अभाव

दैनिक समाचारदाता

सप्तरीमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक अभाव

दैनिक समाचारदाता
राजविराज, ११ जेठ । 
    सप्तरीमा सामुदायिक विद्यालयका पाठ्यपुस्तकको अभाव भएको छ । नयाँ शैक्षिकसत्र शूरु भएको ११ दिन भन्दा बढी भईसक्दा पनि जिल्लामा पाठ्यपुस्तक पाइरहेको अवस्था छैन् । 
    समयमै पाठ्यपुस्तक नपाउँदा जिल्लाका १ लाख भन्दा बढी विद्यार्थीको पढाई प्रभावित बनेको छ । जिल्लामा ५ सय १३ सामुदायिक तथा १ सय ७७ निजी विद्यालय छन् । सामुदायिक तर्फ १ देखि १० कक्षासम्म १ लाख ७ सय ६ तथा निजी विद्यालय तर्फ ३४ हजार ६ सय २९ विद्यार्थी छन् । 
    त्यस मध्ये बुधवार सम्ममा १५ प्रतिशत सम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन । यता शिक्षा मन्त्रालयले जेठ पहिलो सातादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन तिब्र गतिमा थाल्न निर्देशन दिएको छ । तर, किताब नपाउदा पढाईमा अवरोध भएको राजविराज ४ स्थित केन्द्र नम्बर ६ आधारभुत विद्यालयका शिक्षक बताउँछन् । 
    किताब खोज्दै पसलमा दैनिक सयौंको.संख्यामा शिक्षक, विद्यार्थी र अभिभावक आउँछन तर, रित्तै फर्किन्छन् । राजविराजमा जनक शिक्षा समाग्री केन्द्रको शाखा नरहेकोले कक्षा १ देखि १० सम्मको पाठ्यापुस्तक ल्याउन उक्त केन्द्रको शाखा रहेको विराटनगर र जनकपृुर पुग्नु पर्ने बाध्यता रहेको छ ।
    विद्यालयस्तरका पुस्तक विक्री गर्ने जिल्लामा करिब १ सय २० पुस्तक पसल छन् । सबैले जनक शिक्षा समाग्री केन्द्रबाट आवश्यक्तता अनुसारको पुस्तक उपलब्ध हुन नसकेको लाचारी ब्यक्त गर्ने गरेका छन् ।
    सरकारले कक्षा १० सम्म सामुदायिक विद्यालयको विद्यार्थीलाई निःशुःल्क पाठ्यपुस्तक उपलब्ध गराउने भनिएको छ । स्थानीय अभिभावक चन्दन यादवले भने “तर यहाँ त शुल्क तिरेर पनि पाईदैन ।” पाठ्यक्रम र पाठ्यपुस्तक छपाई र आपुर्ती गर्ने उद्देश्यले स्थापित जनक शिक्षा समाग्री केन्द्रको लापरवाहीका कारण प्रत्येक वर्ष विद्यार्थीले यस्तो समस्या भोग्नु परिरहेको छ ।
    जिल्ला शिक्षा तथा समन्वय इकाई शाखा सप्तरीका प्रमुख विजय मण्डलले जिल्लामा पाठ्यपुस्तक अभाव बारे आफु कहाँ पनि गुनासो आएको भन्दै यस बारे आफुले सम्बन्धित निकायमा पहल थालिसकेको बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट