News Category 2079/02/11
सप्तरीमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक अभाव
दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
सप्तरीमा सामुदायिक विद्यालयका पाठ्यपुस्तकको अभाव भएको छ । नयाँ शैक्षिकसत्र शूरु भएको ११ दिन भन्दा बढी भईसक्दा पनि जिल्लामा पाठ्यपुस्तक पाइरहेको अवस्था छैन् ।
समयमै पाठ्यपुस्तक नपाउँदा जिल्लाका १ लाख भन्दा बढी विद्यार्थीको पढाई प्रभावित बनेको छ । जिल्लामा ५ सय १३ सामुदायिक तथा १ सय ७७ निजी विद्यालय छन् । सामुदायिक तर्फ १ देखि १० कक्षासम्म १ लाख ७ सय ६ तथा निजी विद्यालय तर्फ ३४ हजार ६ सय २९ विद्यार्थी छन् ।
त्यस मध्ये बुधवार सम्ममा १५ प्रतिशत सम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन । यता शिक्षा मन्त्रालयले जेठ पहिलो सातादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन तिब्र गतिमा थाल्न निर्देशन दिएको छ । तर, किताब नपाउदा पढाईमा अवरोध भएको राजविराज ४ स्थित केन्द्र नम्बर ६ आधारभुत विद्यालयका शिक्षक बताउँछन् ।
किताब खोज्दै पसलमा दैनिक सयौंको.संख्यामा शिक्षक, विद्यार्थी र अभिभावक आउँछन तर, रित्तै फर्किन्छन् । राजविराजमा जनक शिक्षा समाग्री केन्द्रको शाखा नरहेकोले कक्षा १ देखि १० सम्मको पाठ्यापुस्तक ल्याउन उक्त केन्द्रको शाखा रहेको विराटनगर र जनकपृुर पुग्नु पर्ने बाध्यता रहेको छ ।
विद्यालयस्तरका पुस्तक विक्री गर्ने जिल्लामा करिब १ सय २० पुस्तक पसल छन् । सबैले जनक शिक्षा समाग्री केन्द्रबाट आवश्यक्तता अनुसारको पुस्तक उपलब्ध हुन नसकेको लाचारी ब्यक्त गर्ने गरेका छन् ।
सरकारले कक्षा १० सम्म सामुदायिक विद्यालयको विद्यार्थीलाई निःशुःल्क पाठ्यपुस्तक उपलब्ध गराउने भनिएको छ । स्थानीय अभिभावक चन्दन यादवले भने “तर यहाँ त शुल्क तिरेर पनि पाईदैन ।” पाठ्यक्रम र पाठ्यपुस्तक छपाई र आपुर्ती गर्ने उद्देश्यले स्थापित जनक शिक्षा समाग्री केन्द्रको लापरवाहीका कारण प्रत्येक वर्ष विद्यार्थीले यस्तो समस्या भोग्नु परिरहेको छ ।
जिल्ला शिक्षा तथा समन्वय इकाई शाखा सप्तरीका प्रमुख विजय मण्डलले जिल्लामा पाठ्यपुस्तक अभाव बारे आफु कहाँ पनि गुनासो आएको भन्दै यस बारे आफुले सम्बन्धित निकायमा पहल थालिसकेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ