News Category 2079/02/11

राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल

दैनिक समाचारदाता

राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल

दैनिक समाचारदाता
राजविराज, ११ जेठ । 
    प्रेस काउन्सील नेपालले २०७६÷७७ को पत्रपत्रिकाको पुनरावलोकनसहितको नतिजा बुधबार सार्वजनिक गरेको छ । 
    सो नतिजामा यस राजविराज दैनिक पत्रिका पुनः “क” वर्गमा पर्न सफल भएको छ । यो सँगै राजविराज दैनिक पत्रिका लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल भएको हो । 
    यस्तै प्रेस काउन्सिल नेपालले आ.व. २०७५÷०७६ र २०७६÷०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरी प्रकाशित नतिजामा चित्त नबुझाउनेहरुको लागि पुनरावलोकन दिन सक्ने व्यवस्था गरिएको थियो । 
    सो नतिजा उपर पुनरावलोकनको लागि आ.व. २०७५÷०७६ को लागि ६५ वटा र २०७६÷०७७ को लागि २२५ वटा निवेदन प्राप्त भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट