News Category 2079/02/12
डोम एकल महिलालाई प्रमुख अतिथी बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना

दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले डोम समुदायकी एकल महिलालाई प्रमुख अतिथी बनाउदै बिहीबार सपथ तथा पदभार ग्रहण गरेका छन् ।
छिन्नमस्ता ३ स्थित गोविन्दपुरकी डोम समुदायकी ५० वर्षिया एकल महिला राजोदेवी मरिकलाई प्रमुख अतिथी बनाएर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विद्यानन्द चौधरीले सपथ तथा पदभार ग्रहण गरेका हुन् ।
प्रमुख अतिथी मरिकले दिप प्रज्वलन गर्दै समारोहको उद्घाटन गरिन् । यी दृश्यले डोम जातीलाई छुन नहुने मान्यतालाई ख्स्निरुत्साहित गर्न हौसला समेत बढाएको छ ।
नवअध्यक्ष विद्यानन्द चौधरीले डोम समुदायलाइ पनि सम्मान गर्ने तथा जातीय छुवाछुत प्रथालाई निरुत्साहित गर्ने उद्देश्यले मरिकलाई प्रमुख अतिथी बनाइएको स्पष्ट पारेका छन् ।
उनले प्रमुख अतिथी मरीकलाई आफ्नो छेऊ मै वसाउँदै दोसल्ला ओढाए्र सम्मान समेत गरे । कार्यक्रममा सो गाउँपालिकास्थित प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता भगवती मन्दिरका पिठाधिश महाकान्त ठाकुर तथा इस्लाम धर्मका मौलाना लगायतका धर्मगुरुहरुले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताका लागी आर्शिबचन दिएका थिए ।
पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष चौधरीद्वारा गाउपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउने पहिलो निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत दिलीप यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ