News Category 2079/02/18
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई बधाई र मतदातालाई धन्यवाद
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका निवर्तमान नगर प्रमुख शैलेश प्रसाद साहले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै मतदाताहरुलाई धन्यवाद दिएका छन् ।
बुधवार संचारकर्मीहरुसंग कुरा गर्दै साहले राजनीतिमा हार–जित स्वभाविक भएको भन्दै हिजोका दिनमा जसरी नगर र नगरवासीका लागी जे जती काम गर्न सके त्यो पदमा नपुगे पनि बाहिर वसेरै गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
चुनावी नतिजा सहर्ष स्विकारेका साहले आप्mनो पराजयलाई प्राविधिक हारका रुपमा लिएको बताए । अर्काे तिर विपक्षीले पैmलाएको भ्रममा केही मतदाता फस्न पुगेको उनको बुझाई छ । साहले आफ्नो नतिजाबाट अधिकाँश नगरवासी चकित र दुखित भएको बताए ।
उनले नवनिर्वाचीत नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्य सबैलाई बधाई दिदै सकारात्मक काममा सधै सहयोग तथा नकारात्मक काममा सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने समेत नगरवासीमा प्रतिवद्धता ब्यक्त गरेका छन् ।
हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट नगर प्रमुख पदका लागी उम्मेदवारी दोह¥याएका साह जनमत पार्टीका उम्मेदवार विरेन्द्र माझी संग झिनो मतले पराजित भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ