News Category 2079/02/18

कुटपिट मुद्दामा १७ वर्षदेखी फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता

कुटपिट मुद्दामा १७ वर्षदेखी फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता
राजविराज, १८ जेठ । 
    प्रहरीले कुटपिट मुद्दामा अदालतबाट कैद सजाय तोकिएका फरार रहेका एक प्रतिवादीलाई १७ वर्ष पछि पक्राउ गर्न सफल भएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कुटपिट मुद्दामा अदालतबाट १७ वर्ष अघि कैद सजाय तोकी फरार रहेका सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी ४२ वर्षिय लाल देव यादव बुधवार पक्राउ गरेको हो । 
    घरमै लुकि बसेको गोप्य सुचनाको आधारमा पुृगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    दिपेन्द्र कुमार यादवको जाहेरीले बादी नेपाल सरकार तथा प्रतिवादी लालदेव यादव रहेको उक्त कुटपिट मुद्दामा सप्तरी जिल्ला अदालतले २०६१ साल असार १० गते ३ महिना कैद र ७ सय २५ रुपैया जरिवानाको फैसला गरेको थियो । तत्कालिन पुनरावेदन अदालत राजविराजले पनि २०६४ साल असार ४ गते सुनवाई गर्दै उक्त फैसला सदर गरेको थियो । 
    पक्राउ परेका यादवलाई बुधवार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरीएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट