News Category 2079/02/18
भारतीय नागरिक चार किलो चाँदीका गरगहनासहित पक्राउ

दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई चार किलो चाँदीको गरगहनासहित पक्राउ गरेको छ ।
प्रहरीले भारतीय सिमासँग जोडिएको सप्तरीको बोदेवर्साइन नगरपालिका ९ इट्टाभटा क्षेत्रबाट बिहार राज्यको खुटौना ग्राम पंचायत ११ का २२ वर्षिय बशिस्ट चौधरीलाई पक्राउ गरेको हो ।
कम्मरमा बेरेर लुगाले छोपी भारतबाट गहना बोकेर पैदल आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल स्वर्णपट्टीको गस्ती टोलीले चौधरीलाई पक्राउ गरेको हो । उनको साथबाट चाँदीको २८ जोर पाउजु (पायल) बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
चार लाख ३८ हजार ९ सय ५७ रुपैया मुल्यको ४ किलो चाँदीको गरगहना बरामद गरेको बताउँदै सशस्त्र प्रहरी बल नम्बर ६ गण हेडक्वाटर सप्तरीका प्रहरी उपरिक्षक प्रदिप खडकाले नाका क्षेत्रमा निगरानी बढाउँदा यस्तो सफलता मिलेको बताए ।
मंगलवार राती पक्राउ परेका उनलाई बुधवार आवश्यक कार्यवाहीका लागी चाँदीको अबैध गरगहना सहित तिलाठीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको प्रहरी उपरिक्षक खडकाले जानकारी दिए ।
जिल्लाको विभिन्न नाका हुदै चाँदीका गरगहना तस्करी हुदै आएको छ । भारतमा तयार पारिएको चाँदीका रेडिमेड गरगहनाको माग बढी हुने गरेकाले केही तस्कर भन्सार छलेर ल्याउने र स्थानीय सुनचाँदीका पसलमा बेच्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ