News Category 2079/02/18
ट्युवेल र धाराको पानी पिउने बानी बिर्सदा ... जार र बोतलको पानीमा मुल्य बृद्धि
हाम्रो मुलुक नेपालमा अहिले सबै थोकमा मुल्य बृद्धि भइरहेको छ । खाद्यान्नदेखी पिउने पानीसम्मको मुल्यमा बृद्धि भएको छ । पहिला पहिला पेट्रोलियम पदार्थ मध्ये मट्तिेलमा मुल्य बृद्धि हुने गरेको सुनिन्थ्यो भने अहिले डिजल, पेट्रोल, खाना पकाउने ग्यासमा मुल्यमा बृद्धि भइरहेको छ । हुन पनि हो, पहिला मानिसहरुले स्टोभमा खाना पकाउने गर्थे । जसमा मट्तिेलको प्रयोग हुन्थ्यो । तर, अहिले मानिसहरु आधुनिकीकरणतर्फ उन्मुख हुँदै जाँदा अब खाना ग्यासमा पकाउन थालेपछि त्यसको आपूर्ती समेत बढ्दो छ । जसकारण ग्यास सिलिण्डरको मुल्यमा बृद्धि हुँदै गएको छ । यता मट्तिेलको मुल्य बृद्धि हुनुका साटो मट्तिेल नै बिस्थापित हुने अवस्थामा पुगेको छ । बजारमा मट्तिेल सहजै रुपमा पाउने अवस्थामा छैन् । मट्तिेलको अहिले अधिकांश मेशिनरी सामानहरु धुने काममा प्रयोग गरिएको देखिन्छ ।
यस्तै पहिलाका जमानामा साइकलको बढी प्रयोग हुने गर्दा डिजल र पेट्रोलको खासै खपत हुन्थेन । तर, अहिले साइकल अधिकांश मर्निङ वाकमा प्रयोग हुने गर्दछ । यसलाई शारिरीक व्यामको रुपमा प्रयोग गर्ने गरिन्छ । अब मोटरसाइकल र चार पांग्रे सवारी साधनहरु व्यापक रुपमा प्रयोग हुने गर्दा ती सवारीसाधनहरु डिजल र पेट्रोलबाट संचालित हुने गर्दा डिजल र पेट्रोलको माग बढ्दै जाँदा मुल्य पनि बृद्धि हुँदै गएको छ । यति हुँदा हुँदै पनि मानिसहरुले बिलासिताको जिवन बिताउने क्रममा ट्युवेल वा धाराको पानी प्रयोग गर्नुको साटो अहिले रेडिमेड जार र बोतलको पानी बढी प्रयोग हुने गरेको छ । जसकारण अब बोतल र जारको पानीमा समेत मुल्य बृद्धि भएको छ । यसले के अर्थ राख्छ भने मानिसहरुले जति जति बिलासिताको जिवन यापन गर्नेतर्फ उन्मुख हुँदैछन् ती सामानहरुको मुल्य पनि उनीहरुको आवश्यकता अनुसार बृद्धि भइरहेको छ ।
आधुनिक युगमा बिलासिताको जिवन यापन गर्ने क्रममा पुराना सामानहरुको माग घट्दा ती बस्तुहरु बिस्थापित हुने खतरा उत्पन्न भइरहेको छ । तसर्थ बिलासिताको जिवन यापन गर्नुमा कुनै दुईमत छैन् तर प्राकृतिक सामानहरुको प्रयोग गर्न हामी बञ्चित नहोऔं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ