News Category 2071/06/21
मुस्लिम समुदाय बकरईद पर्वमा रमाए
दैनिक संवाददाता
राजविराज, २० असोज ।
मुस्लिम समुदायले सोमबारदेखि तीन दिनसम्म बकरइद पर्व उत्साह र उमङगका साथ मनाउँदैछन् ।
मुिस्लम समुदायको दोश्रो ठूलो पर्व मानिने बकरईद अर्थात् जनावरलाई वली दिने दिनको रुपमा मनाउने गरिन्छ ।
इब्राहिमले सपनामा आफ्नो छोरा इसमाइललाई ईश्वरको आदेशानुसार बली दिएकोले सो अनुसार छोरालाई बली दिन जङगलमा लिएर गएकोमा छोरा नमानेपछि आकासवाणी भई ईश्वरले भने तिमीले मेरा आज्ञा पालना गर्दै अब छोराका सट्टा जनावरको बली दिनु भनेपछि जनावरको बली कुवार्नी दिने चलन चलिआएको छ ।
बकरईदका दिन बिहान मुस्लिम समुदायहरुले स्नान गरी राम्रो सफा लुगा लगाई इदगार वा मुस्जिदमा गई सामुहिक नमाज पाठ गरी सकेपछि इद मुवारक भन्दै शुभकामना एक आपसमा आदानप्रदान गर्ने गरेको राजविराज नगरपािलका ३ का मो. ऐजाजुल मियाँले जानकारी दिनुभयो ।
नमाजपछि मुस्लिम शास्त्रअुनसार चौपाया खसी, बोका, बाख्रा, राँगा, भैँसी, भेडा, उँटलगायतमध्येका जनावरको बली (कुर्वानी) दिने गरिन्छ ।
कुर्वानी दिएको जनावरको मासुलाई तीन भागमा एक भाग परिवारलाई, अर्को भाग इष्टमित्रलाई र तेश्रो भाग गरिब दीन दुःखी र विपन्नलाई छुटयाइने गरिन्छ । सो दिन आप्mनो इष्टमित्रलाई घरमा बोलाई मासुको परिकार खुवाई शुभकामना आदानप्रदान गरी मनाउने चलन छ ।
२० लाख मुसलमान रहेको नेपालमा इदुजोहाका दिन करिब पाँच लाख कुरबानी हुने अनुमान गर्न सकिन्छ । तीन दिन मनाइने यो पर्व यस वर्ष महान चाड दसैँ सँगसँगै परेकाले कुरबानी हुने भैँसी, खसी र बाँझो पाठी महँगिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ