News Category 2071/06/21
मुस्लिम समुदाय बकरईद पर्वमा रमाए
दैनिक संवाददाता
राजविराज, २० असोज ।
मुस्लिम समुदायले सोमबारदेखि तीन दिनसम्म बकरइद पर्व उत्साह र उमङगका साथ मनाउँदैछन् ।
मुिस्लम समुदायको दोश्रो ठूलो पर्व मानिने बकरईद अर्थात् जनावरलाई वली दिने दिनको रुपमा मनाउने गरिन्छ ।
इब्राहिमले सपनामा आफ्नो छोरा इसमाइललाई ईश्वरको आदेशानुसार बली दिएकोले सो अनुसार छोरालाई बली दिन जङगलमा लिएर गएकोमा छोरा नमानेपछि आकासवाणी भई ईश्वरले भने तिमीले मेरा आज्ञा पालना गर्दै अब छोराका सट्टा जनावरको बली दिनु भनेपछि जनावरको बली कुवार्नी दिने चलन चलिआएको छ ।
बकरईदका दिन बिहान मुस्लिम समुदायहरुले स्नान गरी राम्रो सफा लुगा लगाई इदगार वा मुस्जिदमा गई सामुहिक नमाज पाठ गरी सकेपछि इद मुवारक भन्दै शुभकामना एक आपसमा आदानप्रदान गर्ने गरेको राजविराज नगरपािलका ३ का मो. ऐजाजुल मियाँले जानकारी दिनुभयो ।
नमाजपछि मुस्लिम शास्त्रअुनसार चौपाया खसी, बोका, बाख्रा, राँगा, भैँसी, भेडा, उँटलगायतमध्येका जनावरको बली (कुर्वानी) दिने गरिन्छ ।
कुर्वानी दिएको जनावरको मासुलाई तीन भागमा एक भाग परिवारलाई, अर्को भाग इष्टमित्रलाई र तेश्रो भाग गरिब दीन दुःखी र विपन्नलाई छुटयाइने गरिन्छ । सो दिन आप्mनो इष्टमित्रलाई घरमा बोलाई मासुको परिकार खुवाई शुभकामना आदानप्रदान गरी मनाउने चलन छ ।
२० लाख मुसलमान रहेको नेपालमा इदुजोहाका दिन करिब पाँच लाख कुरबानी हुने अनुमान गर्न सकिन्छ । तीन दिन मनाइने यो पर्व यस वर्ष महान चाड दसैँ सँगसँगै परेकाले कुरबानी हुने भैँसी, खसी र बाँझो पाठी महँगिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ