News Category 2079/02/20
दलित मैत्री नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न माग
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
दलित सरोकार मञ्च नेपाल, कञ्चनरुप ८, सप्तरी र राष्ट्रिय दलित पत्रकार संघको अगुवाईमा मधेश प्रदेश सरकारलाई दलित मैत्री नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न माग गरिएको छ ।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र अर्थ राज्यमन्त्री उषा यादबलाई उक्त माग पत्र बुुझाइएको छ ।
दलित सरोकार मञ्चकी कार्यकारी निर्देशक प्रमिला कुमारी पासवान, राष्ट्रिय दलित पत्रकार संघ धनुुषाका अध्यक्ष कुुलदीप दासले शुक्रबार मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगमा दलित समुुदायको तर्फबाट आर्थिक वर्ष २०७९÷८० मा समेटने पर्ने विषयहरु माग पत्रको रुपमा बुुझाएका हुन् ।
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा दलित सशक्तीकरण ऐन पूर्णरूपमा कार्यान्वयन गर्न बजेट बिनयोजन गर्न माग गरिएको छ । कोरोनाबाट सिर्जित भोखमरी, गरिवी र बेरोजगारीका लागि प्रदेश सरकारले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन नीति तथा कार्यक्रम ल्याउन, छुवाछुत विभेदबारे गैर दलितहरुलाई पालिका तहमा अभियान संचालन गर्न, ऋण लिएर वैदेशिक रोजगारीमा गएकाको ऋण मिनाहा (सरकारले तिरिदिने) गर्नुका साथै उनीहरूलाई सीप अनुसारको एक घर एक रोजगारी व्यवस्था गर्न माँग गरेका छन् ।
त्यसैगरि त्यस किसानको वर्गीकरण गर्नुका साथै भूमिहीन तथा साना किसानका लागि विशेष राहत प्याकेज बजेटमा ल्याउन, मौखिकरूपमा जग्गा ठेक्का वा करारमा खेती गर्नेलाई पालिकाको रोहबरमा लिखितम् हुने व्यवस्था मिलाउनका साथै त्यस्ता किसानका लागि ठेक्कावा करार बापतको रकम प्रदेश सरकारले तिर्ने व्यवस्था गर्नुका साथै बीउबिजन र मलखादमा अनुदानको व्यवस्था गर्न लगायतका माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ