News Category 2079/02/23
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट प्रहरीले दुई भारतीय युवकसहित तीन जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।
सो गाउँपालिका वडा नं. ३ स्थित छिन्नमस्ता भगवती मन्दिर नजिकै रहेको पार्किङ स्थलबाट भारत बिहार राज्य अन्तरगत मधुबनी उतरी ग्राम पंचायत वडा नं. ५ निवासी २६ वर्षिय प्रकाश यादव, लौकही ग्राम पंचायत वडा नं. २ बस्ने २० वर्षिय तुलसी कुमार दास र सप्तरीको छिन्नमस्ता वडा नं. २ निवासी १९ वर्षिय दिपेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जेठ २१ गते साँझ साढे पाँच बजेतिर छिन्नमस्ता मन्दिर नजिकै रहेको पार्किङ स्थलमो बिआर ३२ एएल ४३५८ नं. को भारतीय मोटरसाइकलमा सावर तीनै जनालाई शंका लागी चेकजाँच गर्दा प्रतिबन्धीत लागु औषध फेला परेको हो ।
यसरी फेला परेको लागुऔषधमा नाइट्राभेट ५ सय १० थान, डाइजेल्याब इन्जेकसन एक सय थान, फेनारगन इन्जेक्सन एक सय थान र बुफ्रेनोर्फिन इन्जेक्सन एक सय थान रहेको छ ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दा शिर्षक अन्तर्गत दर्ता गरी सोमबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ