News Category 2079/02/25
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।
सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर घर भई हाल धरान उप महानगरपालिका वडा नम्वर १९ धनकुटे चोकमा बस्दै आएका ६७ वर्षीय रामदेव साहु तेलीले करिब १० वर्षयता सर्वसाधारणबाट मिटर ब्याजबाट करोडौँ रुपैयाँ असुल गरिरहेको खुलासा भएको छ ।
मिटर ब्याजी साहुको असुल धन्दाप्रति पटक पटक जनगुनासो तथा संचारमाध्यममा समाचार प्रकाशित तथा प्रसारित हुँदा समेत प्रहरीले हालसम्म उनलाई पक्राउ गर्न सकेको छैन् । जसकारण उनी सो कार्य नडराई कन अझ सशक्त रुपमा लागिपरेको बाहिरिएको विभिन्न घटनाबाट देखिन्छ । आफ्नो जिल्ला छोडेर अन्य जिल्लामा बसोवास गर्दै गृह जिल्लामा मिटर ब्याजीको कामलाई झनै तिब्रता दिएको देखिन्छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्वर ५ का ७० बर्षीय राम प्रसाद खत्बेले घरायसी काम गर्न २०७४ सालमा खडक नगरपालिका वडा नम्वर ७ का मिटर ब्याजी रामदेव साहु तेलीसँग ५ लाख रुपैयाँ ऋण लिए । त्यसपछि उनले आफ्नो छोरी रन्जना कुमारी खत्बेको बिहेको लागि २०७५ सालमा फेरि ७ लाख रुपैयाँ ऋण लिए । त्यसका लागि उनले शम्भुनाथ नगरपालिका ११ ‘क’ को कित्ता नं. ४७८ को १७ कठ्ठा आफ्नो जमिन धितो राखेका थिए । राम प्रसादले अहिलेसम्म सो रकमको ब्याज वापत रामदेव साहु तेलीलाई ४० लाख रुपैयाँ बुझाइसके । तर, रामदेवले धितो वापतको १७ कठ्ठा जमिन अझैं फिर्ता दिएका छैनन् ।
जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्वर ७ का मोहम्मद तैयब अलीको पनि समस्या उस्तै छ । छोरी खुश्मुदा खातुनको बिहेको लागि २०७१ सालमा १ विघा १० कठ्ठा घरसहित जग्गा रामदेव साहु तेलीको नाममा पास गरेर ३८ लाख रुपैयाँ लिएका ऋणमा उनले २०७३ साल ७ महिना ३ गते ८ लाख २०७४ साल बैशाखमा १५ लाख कार्तिकमा ११ लाख र पैसामा ९ लाख रुपैयाँ र अन्य गरि ९५ लाख रुपैयाँ तिरिसके । तर उनको पनि घर सहितको जग्गा फिर्ता गरेका छैनन् ।
यस्तै ललिता मण्डलको समस्या पनि उनीहरु भन्दा फरक छैन् । जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्वर २ की उनी जग्गा किन्न भनेर १० लाख रुपैयाँ ऋण लिइन् । भए भरको जग्गा पास गरेर नयाँ जग्गा किनेकी थिइन् ललिताले । १० वर्षअघि १० लाख रुपैयाँ लिएको ऋणमा उनले ३२ लाख रुपैयाँ तिरिसक्दा पनि उनको जग्गा अझैं मिटर ब्याजी रामदेवले फिर्ता गरेका छैनन् । वैदेशिक रोजगारीमा मलेसिया पुगेका ललिताका श्रीमान् दिनेश मण्डल १० वर्ष त्यहाँ बसेर फर्किए । श्रीमान्ले १० वर्षसम्मै कमाएको पैसा समेत ब्याज तिर्नैमा सकिएको उनले सुनाइन् ।
बोदेबर्साइन नगरपालिका ९ का शीतल यादवले २०६५ सालमा उनै रामदेव साहुलाई साढे १२ कट्ठा जग्गा पास गरेर २ लाख ७० हजार रुपैयाँ छोरालाई बैदेशिक रोजगारीमा पठाउने लिएका थिए । तर, अहिलेसम्म सावाँ ब्याज गरेर १२ लाख तिरिसकेको उनीबाट साहुले ४४ लाख रुपैयाँ अझ चाहियो भन्दै अनिमात्र जग्गा फिर्ता दिने धम्की दिदै आएका छन् ।
मिटर ब्याजी रामदेव साहु तेलीले ऋणी एक महिलालाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । साहुले आफ्नो हडपेको जग्गा फिर्ता दिने भन्दै शम्भुनाथ नगरपालिका ११ की ढिलादेवी (नाम परिवर्तन) ले बारम्बार बलात्कार गरेको आरोप लगाइन । उनले ब्याजको पैसा तिर्न गएको बेला कोठामा बोलाएर बलात्कार ग¥थ्यो, दुई पटक त गर्भवती पनि भए तर औषधी खुवाएर गर्भ तुहाएको सुनाइन् । उनका अनुसार श्रीमान् वैदेशिक रोजगारमा गइरहेको बेला साहुसँग ऋण लिएकी थिइन् ।
यता उनका श्रीमानले ऋणको बहानामा श्रीमतिलाई बलात्कार गर्ने साहुलाई हदैसम्म कारवाही हुनुपर्ने माग गरेका छन् । ‘२०७८ मंसिर १२ गते हामीले बलात्कार गर्ने साहुमाथि जाहिरी हाल्न पुग्दा प्रहरीले जाहिरी लिन मानेन’ उनले भने–‘त्यसपछि हामीले दोस्रो दिन १३ गते हामीले जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहिरी पठाएर उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश माग गरेका छौं ।’
साहुकर रामदेवले यसैगरी ठगी गरेको भन्दै उनीसहित उनका श्रीमती ६५ बर्षीया शिव कुमारी देवी साहु, छोरा ४४ बर्षीय नन्द किशोर साह, छोरी ४५ बर्षीया रेणु कुमारी साह, अर्की छोरी ४० बर्षीया अनुराधा साहविरुद्ध ईलाका प्रहरी कार्यालय कल्याणपुरमा अहिलेसम्म १० जना पीडितले मुद्दा दर्ता गराइसकेका छन् ।
राम प्रसाद खत्बेसहित १० जनाले ठगी तथा आपराधिक विश्वासघात मुद्दा दर्ता गरेको ३ महिना बितिसक्दा पनि प्रहरीले अझैंसाहुकार रामदेव साहु तेलीलाई पक्राउ गरेको छैन । ईलाका प्रहरी कार्यालय कल्याणपुरले मालपोत कार्यालय सप्तरीमा रहेको उनका जग्गाहरु रोका गरेको छ । तर, अझै उनलाई पक्राउ गरेको छैन् । सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले सप्तरी जिल्ला अदालतले अनुमति नदिँदा उनलाई पक्राउ नगरिएको बताए ।
यसैबीच बोदेबर्साइन नगरपालिका मेयर आतेश कुमार सिंहले चर्को ब्याज लिएर सर्वसाधारणलाई उठिवास गराउने जस्ता अपराध गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । उठिवास गराउने जस्ता अपराध गराउनेलाई कानूनी दायरामा ल्याएर हदैसम्मको कारवाही हुनुपर्ने उनको माग छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ