News Category 2079/02/26
कार्यालय अगाडीबाटै राजविराज वडा नं. ७ का अध्यक्षको मोटरसाईकल चोरी
दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
राजविराज नगरपालिका वडा नं. ७ का अध्यक्ष सुभाषचन्द यादवको निजि मोटरसाइकल कार्यालय अगाडीबाटै चोरी भएको छ ।
बुधबार साँझ कार्यालय अगाडी राखिएको स.५प.४३५६ नम्बरको सिवी साईन मोटरसाइकल चोरी भएको हो ।
वडा अध्यक्ष यादवले कार्यालयको काम सकेर घर जान बाहिर निस्कदा पार्किङ गरि राखेको मोटरसाईकल नदेखेपछि छेउछाउमा खोज्दा पनि नभेटिएपछि मोटरसाइकल चोरी भएको बताए । उनले कार्यालय छेउछाउ तथा आसपासका क्षेत्रमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि सोही दिन जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल भएको भन्दै निवेदन दर्ता गराएको बताए ।
यस अघि सोही स्थानबाट शहरी स्वास्थ्य क्लिनिक राजविराजका इन्र्चाज संतोष दासको पनि मोटरसाईकल चोरी भएको थियो । जुन हाल सम्म पनि भेटिएको छैन । यस अघि नापी, मालपोत, राष्ट्रिय बाणिज्य बैक अदालत, बन लगायतका कार्यालय अगाडीबाट पनि विभिन्न सेवाग्राहीको मोटरसाईकल चोरी भएको एक दर्जन भन्दा बढी घटना भईसकेका छन् ।
राजविराज नगरक्षेत्रमा मोटरसाइकल चोरको विगविगी बढेको छ । दिनहुजसो मोटरसाईकल चोरीका घटना हुन थालेपछि काम विशेषले मोटरसाईकल चढी सदरमुकाम राजविराज आउने सेवाग्राहीदेखी सर्वसाधारण सम्म पीडित र हैरान हुन थालेका छन् ।
नगर क्षेत्रभित्र ठाउँ ठाउँमा सिसी क्यामरा जडान हुन नसक्दा पनि चोरको पहिचान गर्न कठिन हुने गरेको प्रहरी अधिकारी बताउँछन । बढी चहल पहल र भिडभाड हुने स्थानमा सिसी क्यामरा जडान गर्न सकिए यस्ता चोरीका घटना धेरै हद सम्म नियन्त्रण गर्न सकिने नगरवासीको सुझाव छ ।
राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवले नगरका प्रमुख स्थानहरुमा छिट्टै सिसी क्यामरा जडान हुने गरी काम अघि बढेको जानकारी दिए । यता मोटरसाईकल मात्र नभएर पार्किङ स्थलमा मोटरसाईकलसंगै राखिएको हेलमेट समेत चोरीको घटना बढेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ