News Category 2079/02/29
रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन

दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
नेपाली काँग्रेसका स्थानीय पुराना नेता रामस्वरुप साहको तीर्थ यात्राका क्रममा रेल दुर्घटनामा परी निधन भएको छ ।
दुर्घटनास्थल भारतको नयाँ दिल्लीबाट बाकसमा राखी उनको शव आईतवार विहान घर ल्याईपु¥याए पछि आवश्यक विधी सकाएर अन्त्येष्टी गरिएको परिवारजनले जनाएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपलिका ६ खुदीबखारी निवासी ५० वर्षिय साह ५ दिन अघि तीर्थ यात्राका लागी पत्नीसहित भारततर्फ प्रस्थान गरेका थिए ।
शुक्रवार विहान उनी चढेको रेल दिल्ली पुग्नै लाग्दा क्रसिंगका कारण एक छिन रोकिएको थियो । सोही क्रममा पानी लिन उत्रेका साह रेल खुले पछि दौडेर चढ्ने क्रममा चिप्लिएर रेलको चक्का मुनी पुगेका थिए ।
घटनास्थलमै मृत्यु भएको उनको मृत शरिर आवश्यक प्रक्रिया पु¥याई भारतीय प्रहरीले आफन्तलाई बुझाए पछि घर ल्याइ अन्त्येष्टी गरिएको छोरा शंकरले बताए ।
तत्कालिन वडा नम्बर ९ खुदीबखारीको नेपाली काँग्रेसको तर्फबाट २ पल्ट वडाअध्यक्ष समेत रहिसकेका साहको निधनले पार्टीलाई अपुर्णिय क्षति भएको केन्द्रीय सदस्य दिनेश यादवले बताए ।
काँग्रेसका स्थानीय नेता कुलानन्द यादव सहितका नेताले चारतारे झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ