News Category 2079/02/31
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन

दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
मिटरब्याजी रामदेव साह परिवारबाट पीडित भएकाहरुले सोमवार राजविराजमा प्रर्दशन गर्नुका साथै पक्राउ गरि कडा कारवाहीको माग गरेका छन् ।
स्थानीय शिव मन्दिर प्राङ्गणमा भेला भई पीडितहरुले प्रर्दशन गर्दै मिटरव्याजी रामदेव साह तेलीसहित परिवारका अन्य सदस्यहरुलाई अविलम्ब पक्राउ गरी कडा कारवाहीको माग गरेका हुन् ।
ऋण तिरीसकेको जग्गा फिर्ता गर, विपन्न परिवारलाई विस्थापित गराउने मिटरव्याजी रामदेव साहलाई पक्राउ गर लगायतका नारा अंकित प्लेकार्ड बोकेर बजार क्षेत्रमा प्रर्दशन गरेका थिए ।
प्रदर्शन पश्चात आयोजित विरोध सभामा बोल्दै पीडितहरुले तमसुक बनाएर लाखौं रुपैया दिने र करोडको कागजात बनाई असुल गर्ने साह परिवार माथी कडा कारवाही हुनु पर्ने माग गरेका छन् ।
पीडित महिला खडक नगरपालिका ६ कि राधा पासवानले आपत परेका वेला १ लाख ऋण लिए वापतको ४ लाख ब्याज बुझाई सक्दा पनि बन्धकी जग्गा फिर्ता नगरेको गुनासो गरिन् ।
यस्तै बोदेबरसाइन नगरपालिकाका मो.तयैब अलिले उपचारका लागी मिटरव्याजी साहसँग लिएको रकमको चौब्बर ब्याज र साँवा समेत बुझाई सक्दा पनि बन्धकी जग्गा फिर्ता नगरेको गुनासो पोखे ।
विपन्न नागरिकलाई लाखौ ऋण दिएर करोडौ असुल गरेको आरोप लागेका मुख्य आरोपी रामदेव साह तेली अझै पक्राउ पर्र्न नसकेपनि उनको परिवारका अन्य सदस्य धमाधम पक्राउ पर्न थालेका छन् । साहका छोरा नन्द किशोरलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले चार दिनपछि छोरी अनुराधालाई पनि पक्राउ गरेको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा गौशालाबाट पक्राउ गरी राजविराज ल्याइएको हो । सोमवार सप्तरी जिल्ला अदालतमा अनुराधालाई उपस्थित गराउँदा अनुसन्धानका लागी तीन दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक राजु अधिकारीले ठगी तथा अपराधी विश्वासघात मुद्दामा अदालतमा उपस्थित गराइए पछि अनुराधालाई हिरासतमा राखी अनुसन्धानका लागी तीन दिनको म्याद उपलब्ध गराइएको बताए ।
विपन्न परिवारलाई किर्ते तमसुक बनाएर लाखौ रकम दिने र त्यसवापत करोडौं असुल्ने गरेको साह परिवार विरुद्ध हाल ९ जना पीडितहरुको उजुरी आएपछि पक्राउ गर्नेक्रम तिब्र बनाइएको उनको भनाई छ ।
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजार घर भएका साह परिवारमाथी लिएको ऋण भन्दा ६ गुणा भन्दा बढी रकम असुल गरेको आरोप छ । पीडितहरुले विभिन्न मितीमा १ करोड १७ लाख ४२ हजार २ सय ५६ रुपैया ऋण लिएर सो रकमको ब्याज ६ गुणा भन्दा बढी र सावाँ समेत चुक्ता गरिसके पनी जग्गा फिर्ता नगरेको भन्दैै पुरै परिवार माथी जाहेरी दिएको प्रहरीको भनाई छ ।
साहुकार रामदेव संगै उनकी पत्नी शिव, अर्का छोरी रेणु, नाती चन्दन र कैलाश विरुद्ध पनि जाहेरी दर्ता भएको र उनीहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । साह परिवारले गाउँघरका सोझा साझा र विपन्न नागरिकलाई आपत विपत परेका वेला ऋण दिएर दिएको रकम भन्दा दोब्बर तेब्बरको कागजात गराउने गरेको पीडितहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ