News Category 2079/02/31
निःशुल्क विरुवा बाँड्दै वन कार्यालय
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
डिभिजन वन कार्यालय सप्तरीले हरियाली बढाउनेसंगै वातावरण संरक्षण, वन प्रर्वद्धन र विकासका लागी वृक्षारोपण कार्यलाई उच्च प्राथमिक्तामा राखेको छ ।
यसैक्रममा सो कार्यालयले विभिन्न प्रजातिका २ लाख भन्दा बढी विरुवा निःशुल्क वितरण गर्ने कार्य सुरु गरेको छ ।
जेठ १५ गते देखी सूरु गरेको २ वर्षे विरुवा वितरण कार्यक्रम अन्र्तगत मंगलवार सम्ममा वन प्रजातिका महगनी, अमला, तेजपात, गोल्डमोहरका २ लाख तथा आँप, लिची, कागती लगायतका फलफुलका १४ हजार विरुवा वितरण गरिसकिएको रेन्जर लक्ष्मण साफीले जानकारी दिएका छन् । उनले निःशुल्क विरुवा वितरण अभियान अझ केही दिन जारी रहने समेत बताए ।
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले विरुवा दिएर मात्र नभएर त्यसको महत्व, हुर्काउने र रेखदेख कसरी गर्ने भन्ने वारे सीप र ज्ञान पनि दिने गरेको बताए । उनले वन संरक्षणका लागी अल्पकालिन र दीर्घकालिन कार्यक्रम संचालन नगरे वन तथा वातावरणमा संकट निम्तने उल्लेख गरे ।
कार्यालयले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक आर्जनका लागी समेत विभिन्न गतिविधीमा जोड दिएको छ ।
यस्तै ग्रामिण भेगका वनमा विविध जातका विरुवा उपलब्ध गराइरहेको तथा चुरे क्षेत्र संरक्षणका लागी समेत विशेष कार्य योजना तयार पारेर अघि बढेको साहको भनाई छ ।
यसरी तयार गरिएको योजनामा चोरी तथा वन अतिक्रमण नियन्त्रण, वृक्षारोपन, जीविकोपार्जनका लागी वैकल्पिक कार्यक्रम र सामाजिक सशक्तिकरणलाई प्राथमिक्तामा राखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रम सवै पक्षको सहयोगमा कार्यान्वयन गराउन सकृय भई लाग्दा सफलता मिल्दै गएको डिभिजन वन कार्यालयका प्रमुख साहको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ