News Category 2071/06/22
माघ ८ भित्र सहमतिका आधारमा नभए बहुमतको आधारमा पनि संविधान जारी गर्न सकिन्छ ः सभासद् कर्ण
दैनिक संवाददाता
राजविराज, २१ असोज ।
नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष तथा सभासद रन्जित कर्णले माघ ८ भित्र सहमतिका आधारमा नभए बहुमतको आधारमा पनि संविधान जारी गर्न सकिने बताउँनुभएको छ ।
आप्mनो गृह जिल्ला सप्तरी सदरमुकाम राजविराजमा मंगलबार वडा दशै, बकरईद, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सभासद कर्णले सो कुरा बताउनु भएको हो ।
उहाँले सम्पुर्ण दल इमान्दार भए तोकिएकै समयमा सहमतिकै आधारमा नेपालको नयाँ संविधान जारी हुन सक्ने जिकिर गर्नुभयो । सो अवसरमा सभासद कर्णले संविधान सभा भित्र रहेका दल र बाहिर रहेका दलहरुबिच सहमतिको प्रयास जारी रहेको प्रष्ट पार्नुभयो ।
उहाँले सप्तरी जिल्लाको विकास बारे सम्पुर्ण जिल्लाका, बुद्धिजीवी, संचारकर्मी, ब्यापारी, उद्योगी, राजनीतिकर्मी, अधिकारकर्मी, नागरिक समाज लगायतलाई अग्रसर हुन आग्रह गर्नुभयो । सभासद कर्णले जिल्लाको विकासमा बाधक नबन्न सम्पुर्णलाई आग्रह गर्दै सप्तरी जिल्लालाई एउटा नमुना जिल्लाको रुपमा बनाउँन सम्पुर्ण सभासदहरु अग्रसर रहेको जिकिर गर्नुभयो ।
त्यस्तै जिल्ला विकास समितिमा हरेक वर्ष बजेट फ्रिज हुने कुराको सत्यतथ्य पत्ता लगाई अनुगमन समेत गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी उहाँले सप्तरी जिल्ला सरसफाईको सन्दर्भमा अत्यन्त पछाडी रहेको भन्दै यसका लागि जनता नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । जिल्लाका जनता ईमान्दार हुदाँ पनि केही ब्यक्ति बेईमान भएकोले जिल्लाको विकासमा बाधा पुगिरहेको आरोप समेत उहााले लगाउनुभयो ।
त्यसैगरी सप्तरीसँग जोडिएको भारतको कुनौलीदेखि राजविराज सम्मको सडक निमार्णका लागि सरकार तयार रहेको बताउँनुहदै कार्तिक मंसिर महिनादेखि राजविराज बिमानस्थलमा बिमान उडाउने प्रयास समेत भईरहेको उहाँले खुलासा गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ