News Category 2079/03/01
राप्रपाद्वारा हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले बुधबार हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा राजविराजमा प्रदर्शन गरेको छ ।
जिल्ला अध्यक्ष उम्देश्वर साहको नेतृत्वमा राजविराज नगर क्षेत्रमा नाराबाजी गर्दै प्रदर्शन गरिएको हो ।
नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्रीलाई विभिन्न १९ बुँदे मागसहित ज्ञापनपत्र समेत बुझाइएको छ ।
बुझाइएको ज्ञापनपत्रमा धर्मनिरपेक्षता खारेज गरि नेपाललाई पूर्णधार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने माग गरिएको छ ।
यस्तै किसानलाई मलबिऊ बिजनको व्यवस्था, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मुल्य बृद्धि फिर्ता, नागरिकको मौलिक हकको रुपमा रहेको शिक्षा र स्वास्थ्य निशुल्क गरिनु पर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
यस्तै स्थानिय तहमा लगाइएको विभिन्न अव्यवहारिक कर खारेजी, भूमिहिनलाई जग्गाको व्यवस्था, रोजगार नपाएका युवालाई निश्चित अवधीका लागि बेरोजगार भत्ता, भ्रष्ट्राचार र महँगी नियन्त्रण लगायतका माग पनि ज्ञापन पत्रमा समावेश गरिएको छ ।
अध्यक्ष साहका साथै उपाध्यक्ष उमेशप्रसाद साह, सचिव बलराम शर्मा, सहसचिव सुरेन्द्र साह सुरेश, क्षेत्रिय सभापति बालकदास चौधरी, केन्द्रिय सदस्य जयकुमारी महतो लगायतको अगुवाईमा बुझाइएको ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले तत्कालै उक्त ज्ञापनपत्र तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ