News Category 2079/03/07

लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ

दैनिक समाचारदाता

लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ

दैनिक समाचारदाता
राजविराज, ७ असार । 
    लेनदेन विगो मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार भएकी एक महिलालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
    सप्तरीको रुपनी गाउँपालिका २ वस्ने आशिया कुमारी रामलाई प्रहरीले पक्राउ गरेको हो ।  
    सोही वडा वस्ने विश्वनाथ साहको जाहेरीले प्रहरीद्वारा चलाइएको लेनदेन मुदामा सप्तरी जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो । 
    अदालतको पैmसला आएपछि उनी फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    घरमै लुकि वसेको अवस्थामा पक्राउ परेका आशियालाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।   

प्रतिकृया दिनुहोस