News Category 2079/03/08
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको गाजासहित ट्रक नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सशस्त्र प्रहरीले सप्तरीमा ठूलो परिमाणको गाजासहित एक मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १ कोशी ब्यारेज खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ख. २९२५ नम्वरको मालवाहक ट्रकमा लोड रहेको १ सय ७५ किलो प्रतिबन्धित गाजा बरामद गरेको हो । उक्त ट्रकबाट भन्सार छलेर ल्याइएको ३ सय ५० किलो अदुवा समेत बरामद गरिएको छ ।
सशस्त्र प्रहरी वल नेपाल सुरक्षा बेश क्याम्प भारदहका प्रहरी निरिक्षक किसन तामाङको टोलीले चेक जाँचको क्रममा गाजा फेला परेपछि ट्रक नियन्त्रणमा लिएका हुन ।
सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले ट्रक चालक फरार रहेको बताउँदै चालकको खोजतलास भइरहेको जानकारी दिए ।
११ वटा बोरामा प्याक गरी अन्य सरसमानले छोपिएको अबस्थामा बरामद गाजा बारे आबश्यक अनुसन्धान गर्न ट्रकसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाईएको सशस्त्र प्रहरी उपरिक्षक खडकाले बताए ।
गाजा लगायतका प्रतिबन्धित सरसमान ओसारपोसार गर्न मालवाहक ट्रकको प्रयोग हुन थालेपछि प्रहरीले त्यस्ता सवारी साधनको चेकजाँचमा कडाई गरेको सशस्त्र प्रहरी वल गण सप्तरी जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ