News Category 2079/03/10
तिलाठी कोइलाडीले विपन्न नागरिक उपचार कोष स्थापना गर्ने

दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
उक्त बजेट, नीति तथा कार्यक्रम मार्फत विपन्न नागरिकको स्वास्थ्य सेवामा सरल पहुँच स्थापित गर्नका लागि विपन्न नागरिक उपचार कोष स्थापना गर्ने भएको छ ।
गाउँपालिकाको छैठौं गाउँ सभाको उद्घाटन सभामा सय बर्षिय जेष्ठ नागरिक पुहुपलाल खंगको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
तिलाठी कोइलाडी गाउँपालिकाको आ.व.०७९÷०८० को कुल बजेट ४४ करोड ८२ लाख २० हजार ४०० रुपैयाँ रहेको छ । कुल बजेटको चालु तर्फ २५ करोड ८५ लाख ११ हजार ६ सय ५० रुपैयाँ र पूँजिगत तर्फ १८ करोड ९७ लाख ८ हजार ७ सय ५० रुपैयाँ रहेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको कुल आन्तरिक आम्दानी ६० लाख रुपैयाँ प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बताए ।
कूल बजेटमा संघबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ १२ करोड ८२ लाख र सशर्त अनुदानतर्फ १७ करोड ७२ लाख, राजस्व बाँडफाँडबाट ८ करोड २३ लाख ३७ हजार रुपैयाँ, समपुरक अनुदान १ करोड रुपैयाँ रहेको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ९१ लाख ३८ हजार, राजस्व बाँडफाँडबाट ३७ लाख, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख प्राप्त हुनेछ । यसैगरी युनिसेफबाट शर्त सहित विभिन्न बिषयगत क्षेत्रको लागि २ करोड ६६ लाख ४५ हजार ४ सय रुपैयाँ प्राप्त हुने जनाइएको छ ।
आर्थिक, सामाजिक, कृषि र पूर्वाधार ः सुशासन र ब्यवहार परिवर्तन विकासको मूल आधारनारालाई आत्मसात गर्दै आ. ब. २०७९÷०८० मा कृषि, शिक्षा, स्वास्थ्य तथा विपद् ब्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
खेतीको लागि कृषि मिटर जडान गरेका कृषकहरुलाई बर्षभरिमा लाग्ने महसुलमध्ये बढीमा १ हजार एक सय रुपैयासम्म गाउँपालिकाले अनुदान दिने प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले जानकारी दिए ।
विभिन्न विकास साझेदार संस्थाहरुसँगको सहकार्यमा समुदायको सहभागितामा विपन्न वस्तीहरुका शौचालय नभएका घरहरुमा हातधुने सुविधा सहितको शौचालय निर्माण अभियान सञ्चालन गरिने, पालिकामा रहेका सबै कार्यालयहरु, शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरुमा निर्धारित मापदण्ड अनुसार खानेपानी, सरसफाइ र स्वच्छताको सुनिश्चित गरिनुका साथै खानेपानी र सरसफाइ अन्तर्गत निर्माण हुने सबै प्रकारका संरचनाहरु बाल, लैगिंक, अपागं र वाताबरणमैत्री हुने सुनिश्चित गरिने गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बताए ।
क्रिकेट खेलको विकासका लागि प्रशिक्षण शिविर सञ्चालन तथा तिलाठी कोइलाडी गाउँपालिका टी २० क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । यसैगरी क्रिकेट खेलमा महिलाको सहभागिता बढाउन प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम अधिकृत झाले बताए ।
यसैगरी आर्थिक बर्ष २०७९÷०८० मा ५ वटा विद्यालयमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरिने तथामौसम पूर्वसूचना केन्द्र स्थापना गरिने छ ।
कर्मचारीहरुको पेशागत सुरक्षाका लागि कर्मचारी कल्याण कोषमा दश लाख रुपैयाँ थप गरिने भएको छ । छैठौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, कमलकुमार मण्डल, रमेश कुमार मुखिया, ललनप्रसाद राउत, सत्यनारायण यादव, सदस्यहरु चन्दन कुमार झा, रफिद मन्सुरी सहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 तालाबन्दी र धर्नाका कारण राजविराज नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका
- 2082/02/26 प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ