News Category 2079/03/15
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता रोकियो
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
मंगलवार देखी शूरु हुने भनिएको प्रथम महेन्द्रनारायण निधी प्रदेशस्तरीय टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता रोकिएको छ ।
मंगलवार देखी शुरु भएको वर्षा बुधवार पनि नरोकिए पछि प्रतियोगिता रोकिएको हो । क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले अचानक मौसम परिवर्तन भई शूरु भएको भारी वर्षाले प्रतियोगितालाई अवरोध पु¥याएको बताए ।
प्रतियोगितका लागी राजविराजस्थित राजरंगशाला र पविमावीको खेलमैदान गरी दुबै स्थानमा खेल संचालनको तयारी गरिएको थियो । तर वर्षाले दुबै मैदानलाई माछा पोखरीको रुपमा परिणत गरेपछि प्रतियोगिता रोक्न बाध्य भएको उनको भनाई छ ।
प्रतियोगितको उद्घाटन गर्न मंगलबार मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रि विरेन्द्र सिंह पनि आइपुगेका थिए । तर, वर्षा निरन्तर जारी रहदा मन्त्री सिह उद्घाटन नै नगरी फर्किएको क्रिकेट संघ सप्तरीका सहसचिव चन्दन कुमार यादवले जानकारी दिए ।
मधेश प्रदेश क्रिकेट संघको आयोजना तथा जिल्ला क्रिकेट संघको समन्वयमा आयोजना गर्ने तयारी गरिएको प्रतियोगितामा सहभागी हुने मधेश प्रदेशका ८ वटै जिल्लाका खेलाडी अहिले सदरमुकाम राजविराजम बसिरहेका छन् ।
मौसमले साथ दिए फिल्डमा जमेको पानीको निकासी र बिग्रेको पिच मर्मत लगायतका अन्य व्यवस्थापनका काम सम्पन्न गरी दुई÷तीन दिन भित्रै प्रतियोगिता संचालन गर्ने योजना रहेको क्रिकेट संघ सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ