News Category 2079/03/16
तीन वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न नसक्दा जोखिम बढ्यो
दैनिक समाचारदाता
राजविराज, १६ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र सीमावर्ती भारतीय बजार कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) तीन वर्ष अघि बाढीले भत्काए पछि सो पुल अझ बन्न नसक्दा सर्वसाधारणलाई आवतजावत गर्न निकै कठिनाई भइरहेको छ ।
दसगज्जा क्षेत्रमा रहेको उक्त पुल तीन वर्ष अघि आएको बाढीले बगाएको थियो । हाल सम्म पुल निर्माण हुन नसक्दा सर्वसाधारण खोलामा जोखिमपुर्र्ण आवत जावत गर्न बाध्य भएका छन् । स्थानीय र सिमावर्ती भारतीय बजारका वासिन्दा समेत मिलेर ३०÷३५ वर्ष अघि सहज आवतजावतका लागी उक्त खोलामा बाँस तेस्र्याएर अस्थायी पुल बनाएका थिए ।
तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडी रहेको खोलामा बाँसको फड्के बनाएर पुनः आवागमनको व्यवस्था मिलाउने प्रयास गरिएपनि भारतीय एसएसबीको अवरोधका कारण रोकिएको तिलाठी कोइलाडी गाँउपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश झाको भनाई छ । उनले यसका लागि केन्द्रस्तरबाटै कुटनीतिज्ञ पहल गरि समस्याको समाधान खोजिनु पर्नेमा जोड दिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका निर्वतमान अध्यक्ष सतिस कुमार सिंहले आफ्नो कार्यकालमा नै उक्त स्थानमा नेपाल–भारत मैत्री पुल बनाउने अथक प्रयास गरेपनि भारतीय सुरक्षाकर्मीले माथिको आदेश चाहियो भन्दै अवरोध पु¥याएपछि काम अघि बढ्न नसकेको बताए ।
दसगज्जा क्षेत्रमा रहेको उक्त खोलाबाट वर्षायाममा महुली, जिता, खाँडो, त्रियुगा, भलुवाही लगायतका नदी र खोलाको पानी बग्ने गरेको र पुल नहुदाँ दुबै देशका नागरिकले सास्ती खेप्नु परिरहेको स्थानीय अजित झा बताउँछन । सुख्खायाममा जसोतसो आवागमन हुने गरेको तर, वर्षायाममा जोखिम मोलेर स्थानियहरु आवतजावत गर्न बाध्य छन् ।
भारत नेपालको सीमामा पर्ने कुनौली बजारमा त्यस भेगका जनता किनमेल, शिक्षा, उपचार, तिर्थयात्रा लगायतका विभिन्न कामका सिलसिलमा आवतजावत गर्न यही बाटो प्रयोग गर्ने गरेका छन । तर, पुल नहुँदा वर्षायाममा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको स्थानीयको दुखेसो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ