News Category 2079/03/16
तीन वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न नसक्दा जोखिम बढ्यो
दैनिक समाचारदाता
राजविराज, १६ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र सीमावर्ती भारतीय बजार कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) तीन वर्ष अघि बाढीले भत्काए पछि सो पुल अझ बन्न नसक्दा सर्वसाधारणलाई आवतजावत गर्न निकै कठिनाई भइरहेको छ ।
दसगज्जा क्षेत्रमा रहेको उक्त पुल तीन वर्ष अघि आएको बाढीले बगाएको थियो । हाल सम्म पुल निर्माण हुन नसक्दा सर्वसाधारण खोलामा जोखिमपुर्र्ण आवत जावत गर्न बाध्य भएका छन् । स्थानीय र सिमावर्ती भारतीय बजारका वासिन्दा समेत मिलेर ३०÷३५ वर्ष अघि सहज आवतजावतका लागी उक्त खोलामा बाँस तेस्र्याएर अस्थायी पुल बनाएका थिए ।
तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडी रहेको खोलामा बाँसको फड्के बनाएर पुनः आवागमनको व्यवस्था मिलाउने प्रयास गरिएपनि भारतीय एसएसबीको अवरोधका कारण रोकिएको तिलाठी कोइलाडी गाँउपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश झाको भनाई छ । उनले यसका लागि केन्द्रस्तरबाटै कुटनीतिज्ञ पहल गरि समस्याको समाधान खोजिनु पर्नेमा जोड दिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका निर्वतमान अध्यक्ष सतिस कुमार सिंहले आफ्नो कार्यकालमा नै उक्त स्थानमा नेपाल–भारत मैत्री पुल बनाउने अथक प्रयास गरेपनि भारतीय सुरक्षाकर्मीले माथिको आदेश चाहियो भन्दै अवरोध पु¥याएपछि काम अघि बढ्न नसकेको बताए ।
दसगज्जा क्षेत्रमा रहेको उक्त खोलाबाट वर्षायाममा महुली, जिता, खाँडो, त्रियुगा, भलुवाही लगायतका नदी र खोलाको पानी बग्ने गरेको र पुल नहुदाँ दुबै देशका नागरिकले सास्ती खेप्नु परिरहेको स्थानीय अजित झा बताउँछन । सुख्खायाममा जसोतसो आवागमन हुने गरेको तर, वर्षायाममा जोखिम मोलेर स्थानियहरु आवतजावत गर्न बाध्य छन् ।
भारत नेपालको सीमामा पर्ने कुनौली बजारमा त्यस भेगका जनता किनमेल, शिक्षा, उपचार, तिर्थयात्रा लगायतका विभिन्न कामका सिलसिलमा आवतजावत गर्न यही बाटो प्रयोग गर्ने गरेका छन । तर, पुल नहुँदा वर्षायाममा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको स्थानीयको दुखेसो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ