News Category 2079/03/24
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, २३ असार ।
ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा सप्तरीमा बुधबार साँझ एकै परिवारका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ घर भई हाल राजविराज नगरपालिका ८ बसोवास गर्दै आइरहेका ३३ वर्षिय धनविर साह, उनका २२ वर्षिया श्रीमती सरिता, २५ वर्षिया साली रन्जु, २२ वर्षिया साली अर्चना र ५५ वर्षिया सासु अमेरिका देवी छन् ।
बिहीबार सप्तरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग शिर्षक मुद्दामा म्याद थप गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार असार १४ गते बिहान ६ बजेतिर बलान बिहुल गाउँपालिका ८ घर भई हाल राजविराज नगरपालिका ८ मै बसोवास गर्दै आएका बिजय यादवको पत्नि संजु, छोरी पिंकी र किरणमाथी साह परिवारले सांघातिक आक्रमण गरेका थिए । घरेलु हतियारले टाउको लगायत शरीरको संवेदनशिल अंगमा प्रहार गरेपछि गम्भिर घाइते भएका उनीहरु अहिले पनि उपचारकै क्रममा रहेको प्रहरीको भनाई छ ।
गम्भिर घाइते भएकाहरुको तर्फबाट संजुका श्रीमान् बिजय यादवको जाहेरीले बादी नेपाल सरकारकोतर्फबाट चलाइएको ज्यान मार्ने उद्योग शिर्षक मुद्दामा पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ