News Category 2079/03/27
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण

दैनिक समाचारदाता
राजविराज, २६ असार ।
चित्रगुप्ता सेवा समिति राजविराजका नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिदै पदभार ग्रहण गरेका छन् ।
राजविराज २ स्थित चित्रगुप्त मन्दिर प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिदै पदभार ग्रहण गरेका हुन् ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त नर्सिङलाल कर्णले नवनिर्वाचित अध्यक्ष विमल कुमार कर्णलाई सपथ गराउँदै पदभार गराएका थिए भने अन्य पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्षले सपथ तथा पदभार ग्रहण गराएका थिए ।
चित्रगुप्ता सेवा समितिका अध्यक्ष अशोक कुमार कर्णको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य मनिष कुमार सुमनको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर २ का अध्यक्ष अरुण कुमार यादव, हलुवाई समाज सप्तरीका अध्यक्ष चन्देश्वर प्रसाद साह, उद्योग बाणिज्य संघ सप्तरीका कोषाध्यक्ष प्रमोद काबारा, ब्राह्मण सेवा समाजका विवेकानन्द मिश्रा, सेफ द सप्तरीका अध्यक्ष ध्रुव देव, नवनिर्वाचित अध्यक्ष विमल कुमार कर्ण लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
चित्रगुप्ता सेवा समितिका महासचिव रन्धिर कुमार कर्णद्वारा संचालित कार्यक्रममा स्वागत निवर्तमान उपाध्यक्ष हरिमोहनलाल कर्णले गरे ।
गत असार ४ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा विमल कुमार कर्ण, उपाध्यक्षमा रमेश मल्लिक, महासचिवमा रन्धिर कुमार कर्ण, सचिवमा सुरेन्द्र कुमार कर्ण, कोषाध्यक्षमा राजेश कुमार कर्ण निर्वाचित भएका थिए । यसैगरी सदस्यहरुमा राजिव कुमार कर्ण, दिलिप कुमार दास, राजिव कुमार कर्ण (पंकज), रिता कुमारी मल्लिक, महेश चन्द्र दास, विप्लव आनन्द निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 तालाबन्दी र धर्नाका कारण राजविराज नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका
- 2082/02/26 प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ