News Category 2079/03/27
अत्याधिक गर्मी बढेको भन्दै राजविराजका सबै सामुदायिक विद्यालयमा एक महिना विदा
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
अत्याधिक गर्मी बढेको भन्दै राजविराज नगरपालिकाले नगर क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयहरुमा एक महिने विदा दिने निर्णय गरेको छ ।
विद्यालय जाँदा बाटो र कक्षा कोठामै विद्यार्थीहरु बेहोस पर्ने क्रम बढेपछि राजविराज नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सबै सामुदायीक विद्यालयमा एक महिनाको लागी विदा दिने निर्णय गरेको हो ।
राजविराज नगरक्षेत्रमा ५ मावि, १२ निमावी र २६ प्रावि गरी कुल ४३ सामुदायिक विद्यालय रहेका छन् ।
राजविराज नगरपालिकाको शिक्षा शाखाले सोमवार एक सुचना जारी गर्दै शैक्षिक सत्र २०७९ को शैक्षिक क्यालेण्डरमा उल्लेख भएको वर्षे विदामा फेरबदल गरी असार २८ गते मंगलवारदेखी २०७९ साउन २८ गते सम्म विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख भगवती विश्वकर्माले जानकारी दिएका छन् ।
गर्मीका कारण विद्यार्थीहरु बेहोस पर्ने तथा स्वास्थमा अन्य समस्या समेत देखिन थालेपछि सरोकारवालासँग छलफल गरी यस्तो निर्णय गरिएको उनको भनाई छ । थप गरिएको पाच दिनको विदा वर्षे विदामा मिलान गरिने उनले जानकारी दिए ।
एक साता यता बढेको अत्याधिक गर्मीका कारण सप्तरीको जनजीवन निकै कष्टपुर्ण बनेको छ । अतिआवश्यक काम बाहेकको समयमा मानिसहरु घर बाहिर निस्किन छाडेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ