News Category 2079/03/29
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर

दैनिक समाचारदाता
राजविराज, २९ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकाका मेयर भिमराज यादवसहित सात जनामाथी विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
निर्माण कार्यमा अनियमितता गरेको दाबी गर्दै बुधबार अख्तियारले उक्त आरोप पत्र दायर गरेको हो ।
आरोप पत्र दायर भएसँगै मेयर यादव निलम्बनमा परेका छन् । गत जेठ ९ गते पदभार ग्रहण गरेको एक महिना २१ दिन नबित्दै भ्रष्टाचारको आरोप लागेका मेयर यादव निलम्बनमा परेका हुन् ।
आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा बुधबार साँझ नै जारि प्रेस विज्ञप्तिमा राजरंगशाला स्तरोन्ती कार्यका लागि जिल्ला खेलकुद विकास समिति सप्तरी र न्यू गहिल कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो ।
आर्थिक वर्ष २०७४÷२०७५ मा सो कन्स्ट्रक्सनका संचालक समेत रहेका नगर प्रमुख यादवले राजविराजस्थित राजरंगशालाको स्तरोन्नती कार्यमा भ्रष्टाचार गरेको आयोगको दाबी छ । उक्त निर्माण कम्पनीका संचालक रहेका यादवले निर्धारित शर्त तथा मापदण्ड (स्पेसिफिकेशन) विपरित कार्य गरि त्यस्तो कार्यलाई शर्त तथा मापदण्ड बमोजिम नै भएको भनि प्रमाणित र स्विकृत गराई २ लाख ६३ हजार ४ सय ६८ रुँपैया ४० पैसा बढी भुक्तानी लिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
यस्तै आयोगले उक्त प्रकरणमा तत्कालिन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एजेट न्यासुरले रंगशालाको स्तरोन्नती कार्यमा १३ लाख २७ हजार ४ सय ३०, उपाध्यक्ष धिरेन्द्र बर्मा धिरुले २ लाख, जिल्ला खेलकुद विकास समितिका तत्कालिन प्रमुखहरु लक्ष्मण मण्डलले ५ लाख ६९ हजार ८ सय तथा महेन्द्र प्रसाद यादवले ५ लाख ६९ हजार ८ सय १० रुँपैया अनियमितता गरेको दाबी गर्दै सोही अनुसारको कैद सजाय र जरिवानाको माग गरेको छ ।
त्यस्तै उक्त निर्माण कार्यमा प्राविधिकका रुपमा खटिएका तत्कालिन जिल्ला विकास समिति सप्तरीका इन्जिनियर विकास श्रेष्ठले १३ लाख २७ हजार ४ सय ३० र उदय निर्माण सेवाका संचालक उदय श्रेष्ठले १० लाख ६३ हजार ९ सय ६२ रुँपैयाको अनियमितता गरेको दाबी गर्दै आयोगले आरोप पत्रमार्फत निजहरुलाई पनि सोही ऐन बमोजिम कैद र जरिवानाको माग दाबी गरेको छ ।
आयोगद्वारा छानबिनको क्रममा अनियमितता गरेको पाइएकाले निजहरुमाथी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (४) बमोजिमको कैद र जरिवाना हुनु पर्ने माग दाबी गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 तालाबन्दी र धर्नाका कारण राजविराज नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका
- 2082/02/26 प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ