News Category 2079/03/31
छोरामाथि कुटपिट भइरहदा जोगाउन गएकी आमाकोे कुटपिटबाट मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शुक्रबार केटपिटबाट एक महिलाको मृत्यु भएको छ । छोरामाथि कुटपिट भइरहदा जोगाउन गएकी डाक्नेश्वरी नगरपालिका ८ प्रवाहा पट्टी टोलकी ६० वर्षीया जिरादेवी मण्डलको कुटपिटबाट मृत्यु भएको हो ।
प्राप्त घटना विवरण अनुसार विहिवार साँझ बजारबाट मल खरिद गरी आउदै गर्दा उनका छोरा मनोज चढेको साइकलबाट बाटोमा खेल्दै गरेका एक बालकलाई समान्य चोट लागेको थियो । सोही निहुँमा स्थानीय केही व्यक्ति मनोजमाथि कुटपिट गरिरहेको खबर पाएपछि बचाउन गएकी आमा जिरामाथि समेत कुटपिट गरिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेका अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी जिरालाई उपचारका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
कुटपिटबाट मृतक महिलाका छोरा मनोज समान्य घाइते भएको प्रहरीले जनाउँदै कुटपिटमा संलग्नको पहिचान र खोजी कार्य भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ