News Category 2079/03/31
छोरामाथि कुटपिट भइरहदा जोगाउन गएकी आमाकोे कुटपिटबाट मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शुक्रबार केटपिटबाट एक महिलाको मृत्यु भएको छ । छोरामाथि कुटपिट भइरहदा जोगाउन गएकी डाक्नेश्वरी नगरपालिका ८ प्रवाहा पट्टी टोलकी ६० वर्षीया जिरादेवी मण्डलको कुटपिटबाट मृत्यु भएको हो ।
प्राप्त घटना विवरण अनुसार विहिवार साँझ बजारबाट मल खरिद गरी आउदै गर्दा उनका छोरा मनोज चढेको साइकलबाट बाटोमा खेल्दै गरेका एक बालकलाई समान्य चोट लागेको थियो । सोही निहुँमा स्थानीय केही व्यक्ति मनोजमाथि कुटपिट गरिरहेको खबर पाएपछि बचाउन गएकी आमा जिरामाथि समेत कुटपिट गरिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेका अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी जिरालाई उपचारका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
कुटपिटबाट मृतक महिलाका छोरा मनोज समान्य घाइते भएको प्रहरीले जनाउँदै कुटपिटमा संलग्नको पहिचान र खोजी कार्य भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ