News Category 2079/03/31
अदालतबाट न्याय पाउने विश्वास छ ः निलम्बित मेयर
दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
हाल निलम्बित रहेका राजविराज नगरपालिकाका मेयर भिमराज यादवले आफुलाई फसाउने षड्यन्त्र भएको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा आरोपपत्र दायर भएपछि शुक्रबार आफ्नै निवासमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
आफु न्यू गहिल कन्स्ट्रक्शन निर्माण सेवाको सञ्चालक रहदा राजरंङ्गशालामा भएको काम स्तरीय रहेको दावी गर्दै उनले उक्त कुरालाई ब्यूँताएर आफुलाई फसाउने प्रयास भएको जिकिर गरे ।
सम्मानित अदालतबाट न्याय पाउने विश्वासका साथ उनले आफूमाथी भएको षड्यन्त्रबिरुद्ध सम्मानित अदालतबाट उचित न्याय मिल्ने जिकिर गरे ।
मेयरका रुपमा पद वहाली भएको २ महिनाभित्रै नगरपरिषद्बाट नगर क्षेत्रमा सीसी क्यामेरा र वाइफाइ जडान, म्यूजियम निर्माण, अन्डरग्राउण्ड पार्किङ, विपन्न परिवारलाई परिचय पत्र र राशन कार्ड वितरण लगायतका विभिन्न महत्वाकांक्षी विकासीय योजनाहरु स्वीकृत गराइ कतिपय योजनाको काम समेत सुरु भइसकेको अवस्थामा आफुमाथि षड्यन्त्र भएको उनको दावी छ ।
आर्थिक वर्ष ०७४÷०७५ मा जिल्ला खेलकुद विकास समिति सप्तरीसँग न्यू गहिल कन्स्ट्रक्सन निर्माण कम्पनीले राजविराजस्थित राजरंङ्गशालखाको स्तरोन्नति कार्यको ठेक्का लिएको थियो । सो निर्माण कम्पनीका तत्कालिन सञ्चालक रहेका यादवले निर्धारित शर्त तथा मापदण्ड विपरित कार्य गरी काम गरेको भन्दा २ लाख ६३ हजाुर ४ सय ६८ रुपैयाँ ४० पैसा बढी भुक्तानी लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(४) अनुसारको विगो, कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।
विशेष अदालतमा आरोप पत्र दायर भएपछि कानूनी व्यवस्थाअनुसार मेयर यादव हाल निलम्बित अवस्थामा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ