News Category 2079/04/01
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १ साउन ।
राजविराज वडा नं. ७ स्थित एक निजि विद्यालयका विद्यार्थीहरुले शान्ति सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन् ।
नोवेल ऐकेडेमीका विद्यार्थीहरुले विद्यालय आउने र पढाइ सकिएपछि घर फर्किेन गरेका छात्राहरुलाई जिस्क्याउने र दुव्र्यवहार गर्नेहरुमाथी कारवाहीको माँग गर्दै आईतवार राजविराजमा प्रर्दशन गरेका हुन् । प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरुले आधा घण्टा जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना समेत दिएका थिए ।
विद्यालयका प्रिन्सीपल प्रविण कुमार ठाकुरका अनुसार लागु औषधको कुलतमा फसेका स्थानीय केही युवाहरुले दैनिक जसो विद्यालय समयमा बाटोमा जम्मा भई छात्राहरुलाई जिस्कयाउने र सोको प्रतिपाद गर्दा छात्र–छात्रामाथी हातपात र धम्की दिने काम गर्ने गरेका छन् ।
उनले पछिल्लो समय आइतबार विद्यालय परिसर भित्रै प्रवेश गरी ती युवाहरुले विद्यार्थीमाथी दुव्र्यवहार गर्न थालेपछी शान्तिसुरक्षा माग्दै प्रर्दशन थालिएको बताए ।
यता प्रहरीले यस्ता गतिविधीमा संलग्न चार जना युवालाई आइतवार नै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले चारै जनालाई हिरासतमा राखी घट्नाबारे अनुसन्धान थालिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ