News Category 2079/04/01
वर्षा नभएपनि सप्तरीमा ७५ प्रतिशत धान रोपाई
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
लामो समयदेखि वर्षा न भएपनि सप्तरीका किसानहरुले जसोतसो सिंचाइ गरेर ७५ प्रतिशत जग्गामा धान रोपाँइ सम्पन्न गरेका छन् ।
वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य बैकल्पिक ंिसचाईको व्यवस्था मिलाएर रोपाँइ गरिरहेका छन भने कतिपय किसान अझै आकाशे पानीको प्रतिक्षामा मै रहेको छन् ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले पर्याप्त पानी नपर्दा अहिलेसम्म शतप्रतिशत रोपाँइ हुन नसेको जनाउँदै मल खाद पनि समयमा उपलब्ध हुन नसक्दा शत प्रतिशत रोपाँइ हुन नसकेको बताएका छन् ।
किसानका लागी यहाँ स्थित साल्ट ट्रेडिङ्ग करपोरेशन लि. र कृषि समाग्री कम्पनीका साथै २ सय ५० सहकारी संस्थामार्फत मल वितरणको व्यवस्था मिलाइको उनले जानकारी दिए । उनका अनुसार हाल साल्ट ट्रेडिङ्ग करपोरेशन लि.को गोदामा डिएपी ५ सय ५० मेट्रिक टन र युरिया मल १ सय २५ मेट्रिक टन मौज्दात रहेको छ ।
यस्तै कृषि समाग्री कम्पनीमा १ सय १२ मेट्रिक टन डिएपी र १ सय ७५ मेट्रिक टन पोटास मौज्दात छन् । जिल्लामा २३ हजार मेट्रिक टन युरिया मल, १्र२ हजार मेट्रिक टन डिएपी, ९ हजार २४ मेट्रिक टन पोटास र सुक्ष्मतत्व (जिंक) २ हजार १ सय ८० मेट्रिक टन आवश्यक परेपनि हाल सम्म ती सबै गरी करिब १६ सय मेट्रिक टन मात्र मल खाद उपलब्ध हुन सकेको र थप आउने क्रममै रहेको बालि संरक्षण अधिकृत दिनेश प्रसाद यादवले जानकारी दिए ।
सप्तरीमा कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ७२ हजार हेक्टर कुल क्षेत्रफल जग्गामा वर्षे धान र ३ सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइदै आइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ