News Category 2079/04/02
भारतीय नोट सटही सुविधा नहुदाँ सर्वसाधारण हैरान
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
भारतीय नोटको चरम अभाव देखिएको छ । सप्तरी सदरमुकामराजविराजसहित जिल्लाका प्रमुख बजारमा भारतीय नोट सटही सुविधा नहुँदा नहुदाँ सर्वसाधारण हैरान भएका छन् ।
सीमावर्ती बजारमा किनमेल प्रयोजनका लागी मात्र नभई भारतमा उपचार, शिक्षा, तिर्थ तथा पर्यटन प्रयोजनका लागी पनि भारतीय नोट आवश्यकता पर्छ । अर्को तीर अहिले साउन महिनाको शूरुवातसंगै भारतको झारखण्डराज्यस्थित देवघर (बाबाधाम) बोलबम जानेहरुको संख्या पनि सप्तरीबाट उल्लेख्यरहने गरेको छ ।
तर भारतीय नोटको अभावका कारण यती तिर्थ गर्नेहरु हैरान परेसान छन् । प्रचण्ड गर्मीर चर्काे घाममा समेत उनीहरु विहानै देखि बजारका विभिन्न पसलर बैंकको गेट अघि पुगेर भारतीय नोट साट्नका लागि सोध्ने गरेका छन् । तर, जिल्लामा एउटा पनि भारतीय नोट साट्ने सटही काउन्टर नहुँदा उनीहरु निराश भएका छन् ।
चार वर्ष अघि सम्मराजविराजस्थितराष्ट्रिय बाणिज्य बैंकले भारु सटही सुविधा उलब्ध गराउदै आएको थियो । तर बन्द गरिएको सो सेवा ४ वर्ष वितिसक्दा पनि पुनःसुचारु हुन सकेको छैन । अन्य कुनै बैंक देखि मनिचेन्जरले पनि भारु सटही सेवा उपलब्ध न गराउँदा सर्वसाधारण हैरानी भोग्न बाध्य छन् ।
राष्ट्रिय बाणिज्य बैंक शाखाराजविराजका सहायक प्रबन्धक अजय प्रताप गौतमले माथी कै आदेशबाट भारतीय रुपैया सटही काउन्टर बन्द गरिएकोले सर्वसाधारणलाई सो सेवा दिन न सकिएको लाचारी ब्यक्त गरे ।
यस्तो अवस्थामा कतिपयले महगो दरमा भारतीय नोट साटेर भए पनि गर्जाे टार्न बाध्य भएको सर्वसाधारणको गुनासो छ । स्थानीय बजारका केही कारोवारीले सयकडा ५ देखि ७ रुपैया सम्म वट्टा काटेर भारतीय नोट उपलब्ध गराउने भएकाले सर्वसाधारणलाई उनीहरुसँग भारतीय नोट सटही गर्ने काम निकै महँगो पर्ने गरेकोराजिराज ७ का उमाकान्त साहले बताए ।
सर्वसाधारण मात्र नभई यहाँका उधोगी व्यवसायीलाई पनि भारतीय नोटको अभावले उत्तिकै पिरोलेको छ । यसरी भारतीय नोटको अभावले सबै क्षेत्रमा प्रभाव पारेको भन्दै स्थानीयले बन्द गरिएकोराष्ट्रिय बाणिज्य बैंकको भारु सटही काउन्टर संचालन गर्नू पर्ने माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ