News Category 2079/04/03
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, ३ साउन ।
रोपाईका लागि मलखादको व्यवस्था नभएको भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवको गृह जिल्ला सप्तरीमा मंगलबार प्रदर्शन भएको छ ।
रोपाईको समय वित्न लाग्दा पनि मलखादको व्यवस्था नभएको तथा किसानको समस्या समाधान नगरेको भन्दै मन्त्री यादव बिरुद्ध जनमत पार्टीले सो प्रदर्शन गरेको हो ।
जनमत पार्टीको आह्वानमा गाउँ गाउँबाट आएका किसानहरुले राजविराजमा कृषि मन्त्री यादवविरुद्ध चर्काे नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका हुन् । लस्
उनीहरुले कृषि मन्त्री हाय हाय, कृषि मन्त्री राजीनामा दे, कृषि मन्त्री मुर्दावाद, मलखादको व्यवस्था गर, जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर, किसानको समस्या समाधान गर लगायतका नाराबाजी गर्दै जुलुस बजार क्षेत्रको परिक्रमा गरेका थिए ।
प्रर्दशन पश्चात जनमत पार्टी आवद्ध किसानहरु जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी जर्नादन गौतममार्फत प्रधानमन्त्रीलाई किसानसँग सम्बन्धित विभिन्न १२ बुँदे मागसहितको ज्ञापन पत्र समेत बुझाएका छन् ।
यस्तै वेमौसमी हावाहुरी र वर्षाले बालीनालीमा भएको हानी नोक्सानीको क्षतीपुर्ती, किसान कार्डको व्यवस्था, किसानको समस्या समाधान गर्न उच्चस्तरीय समितीको गठन र किसान आन्दोलनका क्रममा झुठा मृद्दा लगाई पक्राउ परेकाहरुको मुद्दा खारेजी लगायतका माग पनि अघि सार्दै उक्त माग अविलम्ब सम्बोधन नगरिए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत ज्ञापनपत्र मार्फत दिइएको छ ।
जनमत पार्टीका जिल्ला इन्र्चाज ममता झा, केन्द्रीय सदस्य सुरेन्द्र शर्मा मधेशी, पुर्व जिल्ला संयोजक चन्देश्वर मण्डल किसान, युवा नेता रघुनन्दन यादव लगायतको अगुवाईमा बुझाइएको ज्ञापनपत्रमा समयमै मलखाद र विउ विजनको व्यवस्था, सिंचाईको व्यवस्था, सिंचाइ प्रयोजनका लागी विजुली निशुल्क, कृषि उपजको सर्मथन मुल्य निर्धारण, किसानलाई पेन्शनको व्यवस्था गर्नू पर्ने उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ गौतमले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाई दिने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ