News Category 2079/04/05
सवारीसाधनमा प्रेस लेखेर चलाउने क्रम बढेपछि नियन्त्रणका लागि प्रशासनसँग आग्रह
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
नेपाल पत्रकार महासंघ सप्तरीले अनाधिकृत रुपमा सबारीसाधनमा प्रेस लेखेर चलाउने क्रम बढेपछि यसलाई नियन्त्रण गर्ने प्रयास थालेको छ ।
महासंघले यसलाई नियन्त्रणका लागि सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय सप्तरीसँग आग्रह समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बुधबार एक पत्र बुझाउँदै महासंघका पदाधिकारीले प्रेस लेखिएको सवारीसाधनको जुनसुकै व्यक्ति प्रयोग गरिरहेपनि अनिवार्य नियम बमोजिम चेकजाँच गरी सहयोग गरिदिन हुन अनुरोध गरेका छन् ।
महासंघका अध्यक्ष श्रवणकुमार देव, सचिव रामनारायण विश्वासले संयुक्त रुपमा बुझाएका पत्रमा लेखिएको छ ‘सप्तरीमा नामै नसुनेका मिडियाहरुको परिचय पत्र बोकेर पत्रकार आचारसंहिता विपरित काम गरिरहेका छन् त्यस्ता ब्यक्तिले एकातर्फ निष्पक्ष पत्रकारिताको बदनामी गरिरहेका छन् भने सवारीसाधनमा पनि ‘प्रेस’ शब्द लेखेर पत्रकारिताको दुरुपयोग गरिरहेका छन् ।’
सोही पत्रमा अनुगमनको क्रममा आवश्यक परेको अवस्थामा महासंघका अध्यक्ष र सचिवसँग सम्पर्क र समन्वय गरिदिन भनिएको छ ।
पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले यस कार्यका लागि सहयोग गर्ने बताउँदै अब प्रहरीले प्रेस लेखिएको सबारीसाधनप्रति ध्यान दिने उल्लेख गरे ।
पत्र बुझाउने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेको पनि उपस्थिति रहेको थियो । उनले यो कार्यका लागि प्रहरी तयार रहेको बताए ।
महासंघले मोटरसाइकल या अन्य सबारीसाधनमा प्रेस लेखेर नचलाउन पनि पत्रकार बाहेक अन्य व्यक्तिसँग आग्रह समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ