News Category 2079/04/05
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला

दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
अहिले सप्तरीस्थित विभिन्न सरकारी तथा सार्वजनिक स्थलका पर्खालहरुमा मिथिला चित्रकला कोरिदै छ । यसैक्रममा राजविराजस्थित भुमिसुधार तथा मालपोत कार्यालयको पर्खालमा भगवान राम र सीताका चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ ।
९० मिटर लामो पर्खालका भित्तामा बनाइएका देवी देवताका कलात्मक र सन्देशमुलक मिथिला चित्रकला अहिले सबैको आकर्षणको केन्द्र बनेको छ ।
सीताको जन्म, विवाह र विदाईका दृश्यका साथै भगवान शिव र राधाकृष्ण लगायतका देवी देवताका आर्कषक मिथिला चित्र बनाइदै छ । सो कोरिएको कला हेर्न अहिले भीड लाग्ने गरेको छ ।
मिथिला थिग्ंस जनकपुरकी पुनम कर्ण, रश्मी कर्ण, पुनम दत्त, सुखी कर्ण, अंजली साह लगायतको टोलीले विगत १५ दिन देखी रंग र कुची समाएर चित्रलाई अन्तिम रुप दिने तयारीमा छिन् ।
मधेश प्रदेशमा अहिले विभिन्न कार्यालय, विद्यालय र स्थानीय तहमा मिथिला संस्कृति झल्किने मिथिला चित्रकलाको माँग बढ्दै गएकाले आपूmलाई उत्साहित बनाएको मिथिला चित्रकलाकर्मी अंजली बताउछिन् ।
धार्मिक परम्परा र संस्कृतिलाई जोगाउनुका साथै सरसफाईलाई दृष्टिगत गरी कार्यालय परिसर क्षेत्रलाई मिथिला कलामार्फत देवी देवताको चित्रले सजाइएको कार्यालय प्रमुख दिपेन्द्र कुमार झाले जानकारी दिँदै उनले यस कार्यका लागि शम्भुनाथ नगरपालिकाले सहयोग जुटाई दिएको बताए ।
उनले कार्यालयको बाहिरी सजावटसँगै आन्तरिक सुधार र सेवा सुविधा चूस्तदूरुस्त बनाउन पनि आवश्यक काम थालिएको बताए । प्रत्येक फाँटमा सिसी क्यामरा जडान गरी निगरानी थालिएको तथा विचौलिया प्रवेशमा कडाई गरिएको उनको दाबी छ ।
उनले सेवाग्राहीको चाप हेरेर राजविराज नगरपालिका र खडक नगरपालिकाको सहयोग जुटाई विश्राम कक्ष र उनीहरुलाई वस्नका लागी आवश्यक आवश्यक टेवुल कुर्सीको व्यवस्था पनि मिलाइएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ