News Category 2079/04/07
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम

दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. वी.पी.कोईरालाको ४० औं स्मृती दिवसको अवसरमा शुक्रबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाली काँग्रेस सप्तरीले आफ्ना संस्थापक नेता समेत रहेका स्व. कोइरालाको प्रतिमामा माल्र्यापण तथा अन्तरक्रिया र भातृ संस्था नेविसंघले विरामीलाई फलपृmुल वितरण गरी ४० औं स्मृति दिवस मनाएको हो ।
सप्तरीको सुुरुंगा नगरपालिकाको कदमाहा चौकमा रहेको स्व. वीपीको प्रतिमामा माल्र्यापण पश्चात नेपाली काँग्रेस सप्तरीद्वारा आयोजित कार्यक्रममा काँग्रेसका जिल्ला सभापती रामदेव साह, जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साह, उपसभापती द्वय राम कुमार यादव, फत्ते महमद, सचिवद्वय सनत मण्डल, प्रभु नारायण चौधरी, युवा नेता इर्शाद अन्सारी, सुरुंगा नगरपालिकाका प्रमुख गिता चौधरी, सप्तकोशी नगरपालिकाका प्रमुख कृष्ण ढकाल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल लगायतका वक्ताले वीपी कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पु¥याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।
यस्तै शुक्रवार नै नेविसंघ सप्तरीले स्थानीय गजेन्द्रनारायण सिह अस्पतालका विरामीहरुलाई फलपुृmल वितरण गरी ४० औं वीपी स्मृती दिवस मनाएका छन् ।
जिल्ला अध्यक्ष घनानन्द यादवको अगुवाईमा काँग्रेसकी महिला नेतृ सुशिला यादव, युवा नेता नन्दकिशोर यादव लगायतको टोलीले अस्पतालमा भर्ना रहेका १ सय ५० भन्दा बढी विरामीलाई फलफुल वितरण गरीएको संघले जनाएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागी कठोर संघर्ष गरेका कोइरालाको वि.स.२०३९ साल साउन ६ गते निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ