News Category 2079/04/07
जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा खंग दम्पत्ति

राजविराज÷राजविराज नगरपालिका १२ दमावति टोलका २७ वर्षिय पंचदेव खंग र उनकी २५ वर्षिया पत्नि पुनिता अहिले जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा परेका छन् ।
पुनिताले गत जेठ १ गते स्थानिय युनिक सिटी अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएकी थिइन् । शल्यक्रिया मार्फत जन्माइएको शिशुमा एक छोरा र एक छोरी छन् । यसअघि पनि उनका दुई सन्तान छन् ।
परिवारको आर्थिक अवस्था निकै कमजोर भएका खंग दम्पत्तिले सुत्केरी गराउँदा ऋण लिएर गरेको खर्च तिर्नै नसकेको बेला आर्थिक अभावका कारण अहिले नवजात शिशुलाई पोषिलो खाहारा खुवाउन धौं धौं परेको हो ।
अर्काको खेतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका पंचदेवले अस्पतालमा सुत्केरी गराउँदा साहु महाजनसँग लिएको ८० हजार ऋण सापटी तिर्न नसक्दा अहिले नवजात शिशुलाई अब कसरी हुर्काउने भन्ने चिन्ताले सताएको बताउँछन् ।
हाल बच्चाको तौल भने घट्दै गएको पंचदेवले सुनाए । बच्चालाई स्वथ्य राख्न पोषिलो आहाराको आवश्यक्ता परे पनि आर्थिक अवस्था निकै कमजोर भएकाले सोको जोहो गर्न नसकेको उनले लाचारी व्यक्त गरे ।
यता नवजात शिशुका लागि आमाको दुध सबैभन्दा पोषिलो आहारा भएपनि दुध पुग्न नसक्दा बच्चा कुपोषणले ग्रसित हुन थालेको पुनिताले सुनाइन् ।
सम्पत्तिको नाममा उनीहरुसँग एक धुर जग्गा मात्र छन् । सोही जग्गामा फुसको झुप्रो बनाएर बस्दै आएका खंग दम्पत्तिको सात दिनको अस्पताल बसाइले अहिले आम्दानीको सबै बाटो बन्द हुँदा जिवन थप कष्टकरमय बनेको छ । पौष्टिक आहाराको अभावमा आमालाई दुध नपुगेर बच्चा कुपोषण लाग्ने चिन्ताले सहयोगको याचना गरेको उनहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ