News Category 2079/04/08
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय

दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको राजविराजमा सम्पन्न बैठकले २०७९ का लागि सामुदायिक सेवा केन्द्रका अध्यक्ष ७३ वर्षीय हितनारायण लाल दासलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
शैक्षिक र सामाजिक जागरणको अभियानमा योगदान पु¥याउनु हुने राजविराज नगरपालिका ५ निवासी दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको कोषका संस्थापक बैद्यनाथ झाले जानकारी दिएका छन् ।
पाँच दशक अघि शिक्षण पेशाबाट सार्वजनिक जीवन सुरु गर्नुभएका दास हाल महिला, बालबालिका तथा जेष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि निरन्तर कटिबद्ध र क्रियाशील छन् ।
बाल मन्दिर राजविराजमा २३ वर्षसम्म अध्यापन गर्नुभएका उनले विभिन्न गैरसरकारी संस्थामा कुशल व्यवस्थापक, संयोजक, प्रशिक्षक भई पछाडि पारिएका वर्गहरुका माझ चेतना जगाउने अभियानमा देखाउनु भएको क्रियाशीलता तथा बालबालिकाको चेतना, मानव अधिकारका साथै लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गरेकाले सम्मान गर्न लागिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ