News Category 2079/04/08
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
राजविराज नगरपालिका वडा नं. १३ पिपराई टोल बस्ने बलराम यादवले आफ्नै भाउजु रेखालाई निर्घात कुटपिट गरेका छन् । जग्गा अंशको निहुँमा देवर बलरामले भाउजुलाई निर्घात कुटपिट गरेका हुन् ।
पति बैदेशिक रोजगारीमा मलेशियामा रहेको मौका छोपी आइतबार बिहान जग्गाको अंश विषयको विवादमा बलरामको निर्घात कुटपिटबाट रेखाको टाउको फुटेको छ । उनको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
कुटाईबाट रेखाको टाउकोमा चार वटा टाका लगाइएको तथा शरीरको अन्य भागमा पनि चोट देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।
बलरामले पटक पटक जग्गा अंशको विषयलाई लिएर कुटपिट र गालीगलौज गर्दै आएका रेखाले बताइन् । उनले कहिले पैसा माग्ने गरेको त कहिले जग्गा अंश माग्ने गरेकोमा दाजुसँग नै कुरा गर्न भन्दा ज्यानै लिने गरि आक्रमण गरेको सुनाइन् ।
सप्तरीको महदेवा गाउँपालिका १ माइत भएकी रेखाकोतर्फबाट आइतबार नै बुबा राजेन्द्रले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिई पीडकमाथी कारवाहीको माग गरेको छ । प्रहरीले पीडकको खोजि भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ