News Category 2079/04/09

खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 

दैनिक समाचारदाता

खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 

दैनिक समाचारदाता
राजविराज, ९ साउन । 
    जिल्ला स्वास्थ्य कार्यालय सप्तरीबाट कोरोना विरुद्धको खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
    संक्रमणको लक्षणदेखिएपछि उनले एन्टिजेन परिक्षण गरेका थिए । सो परिक्षणबाट संक्रमण पुष्टी भएपछि ४५ वर्षीय उनी होम आईशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । रुपनी गाउँपालिका वडा नं. ३ घर भएका उनी जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन हुन । 
    तीन महिना यता कोरोना संक्रमणदर शुन्यमा झरेको जिल्लामा नयाँ संक्रमित देखिएपछी स्थानीय तथा अधिकारीहरु झस्किन थालेका छन । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले कोरोना कहर फेरी पनि फैलिन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् । 
    कोरोना संक्रमण पैmलिन नदिन उच्च सर्तकता अपनाउन र स्वास्थ्य मन्त्रालयले तोकेकोे स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न जिल्ला स्वास्थ्य कार्यालयले सबैसँग अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट