News Category 2079/04/09

कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 

दैनिक समाचारदाता

कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 

दैनिक समाचारदाता
राजविराज, ९ साउन । 
    सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नं. ५ भीमार टोलका ४० वर्षिय बिरेन्द्र यादवका आफन्तले उनलाई सोमवार सप्तरी जिल्ला अदालत परिसरमा ल्याएर राखेका छन् । 
    उनलाई कुटपिट गर्ने ब्यक्ती अदालतबाट १ लाख ५० हजार धरौटीमा रिहा भएपछि न्यायका लागि आफन्तजनले उनलाई टेम्पोबाट अदालत परिसरमा ल्याएका थिए । दुई महिनाअघि भएको निर्घात कुटपिटबाट जीवनमरणको दोसाँधमा पुगेका उनकोे अवस्था अति चिन्ताजनक रहेको छ । 
    विराटनगरस्थित न्युरो अस्पतालमा टाउकोको शल्यक्रिया तथा अन्य उपचार गराएको करिब डेढ महिना भईसक्दा पनि उनको होस खुलेको छैन । अहिले सम्म निको नभएको र चिकित्सकले उपचार सम्भव नभएकाले घर मै राख्नु भने पछी लिएर आएको उनको छोरा मिथलेशले बताए । 
    उनका अनुसार उपचारका क्रममा १८ लाख रुपैया खर्च भईसक्दा पनि निको नभएको र चिकित्सकले अब बचाउने अवस्था नरहेको भने पछी वेहोसै अवस्थामा लिएर आएको सुनाए । 
    उनका अनुसार गत जेठ १४ गते विहान ७ बजे तीर बुवा विरेन्द्र हलो गोरु लिएर खेत तर्फ निस्केका थिए । सोही क्रममा छिमेकी जोगिन यादवको बारीमा लगाइएको तरकारीको लहरा गोरुले खाईदिएपछि आक्रोसित जोगिन र उनका परिवारका सदस्य विनोद यादव, सरोज यादव लगायतले बाँस र काठको चिरपटले बुवा विरेन्द्रमाथी साँघातिक आक्रमण गरेको मिथलेशले बताए । 
    यसबारे सोही दिन घाईते विरेन्द्रका दाजु नारायणले इलाका प्रहरी कार्यालय कंचनपुरमा पिडक विरुद्ध किटानी जाहेरी दिएपछी जोगिन यादव पक्राउ परेका थिए । 
    प्रहरीले जोगिनलाई पक्राउ गरी अदालतबाट म्याद थपी अनुसन्धान शूरु गरेको र प्रक्रिया सकिए पछी अदालतमा उपस्थित गराउँदा असार १४ गते जोगिन १ लाख ५० हजार धरौटीमा रिहा भए पछी पिडीतका आफन्त आक्रोसित भएका हुन । 
    सप्तरी जिल्ला अदालतका न्यायाधिश प्रमेश पोखरेलद्वारा जारी आदेश–पर्चामा पछी ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी जोगिनबाट मुलुकी कार्यवीधी संहिता, २०७४ को दफा ७२ को आधारमा सोही ऐनको दफा ६८ बमोजिम रु १ लाख ५० हजार नगद वा सो वराबरको जेथा जमानत वा बंैक जमानत दिए लिइ पुर्पक्षका निम्ती तारेखमा राख्नु उल्लेख छ । 
    न्यायका लागी अदालत परिसर भित्रै यसरी जीवन मरणको दोसाँधमा रहेका व्यक्तीलाई ल्याई राखिएको जिल्लामै पहिलो घटना हो । 
    यसैबीच अदालतका जिम्मेवार अधिकारीहरुले यो अन्तिम फैसला नभई मुद्दाको प्रारम्भीक आदेश भएको र चित्त नबुझे उच्च अदालतमा निवेदन दिने अवस्था विद्यमान रहेको भन्दै सिकिस्त विरामीलाई यसरी अदालत प्राङ्गनमा नराख्न आग्रह गरेपछी ३ घण्टा पश्चात बुवालाई लिई घर फर्केका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट