News Category 2079/04/10
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
राजविराज नगरपालिकाले फोहर व्यवस्थापनका लागि मंगलबारदेखी नगर क्षेत्रका पसलहरुलाई डस्टबिन बितरण गर्ने कार्य शुभारम्भ गरेको छ ।
उपमेयर इसरत परवीनको नेतृत्वमा निस्केको नगरपालिका कर्मचारीको टोलीले बजार क्षेत्रका ५ सय पसललाई डस्टबिन बितरण गरेको हो ।
डस्टबिन बितरण गर्दै पसल संचालकहरुलाई फोहर सोही डस्टबिनमा राख्न र नगरपालिकाका सफाई कर्मचारीहरु ट्याक्टर लिएर आउँदा सोमा फोहर फ्याली सहयोग गरिदिन उपमेयर परवीनले आग्रह समेत गरिन् ।
उनले पसल बाहिर डस्टबिन राख्दा हराउने र चोरी हुने सम्भावना रहेकाले पसल बन्द गर्दा उक्त डस्टबिन सुरक्षित साथ राख्न समेत पसल संचालकहरुलाई भन्दै जथाभावी फोहर गर्नेलाई फोहर व्यवस्थापन नियमावली अन्तरगत कारवाही हुने भन्दै सचेत समेत गराएकी छिन् ।
सोही क्रममा नगरपालिकामा दर्ता भए नभएका पसलहरुको विवरण संकलन कार्य पनि गर्न थालिएको र दर्ता नभएका पसललाई अविलम्ब नगरपालिकामा दर्ता गराउन सचेत पनि गराउन थालिएको छ ।
यस्तै विगतमा नगरको फोहर संकलन बिहानको समयमा हुँदै आएकोमा अब साँझको समयमा समेत फोहर संकलन र व्यवस्थापनको काम हुने नगरपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ