News Category 2079/04/10
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण

दैनिक समाचारदाता
राजविराज, १० साउन ।
राजविराज नगरपालिकाले फोहर व्यवस्थापनका लागि मंगलबारदेखी नगर क्षेत्रका पसलहरुलाई डस्टबिन बितरण गर्ने कार्य शुभारम्भ गरेको छ ।
उपमेयर इसरत परवीनको नेतृत्वमा निस्केको नगरपालिका कर्मचारीको टोलीले बजार क्षेत्रका ५ सय पसललाई डस्टबिन बितरण गरेको हो ।
डस्टबिन बितरण गर्दै पसल संचालकहरुलाई फोहर सोही डस्टबिनमा राख्न र नगरपालिकाका सफाई कर्मचारीहरु ट्याक्टर लिएर आउँदा सोमा फोहर फ्याली सहयोग गरिदिन उपमेयर परवीनले आग्रह समेत गरिन् ।
उनले पसल बाहिर डस्टबिन राख्दा हराउने र चोरी हुने सम्भावना रहेकाले पसल बन्द गर्दा उक्त डस्टबिन सुरक्षित साथ राख्न समेत पसल संचालकहरुलाई भन्दै जथाभावी फोहर गर्नेलाई फोहर व्यवस्थापन नियमावली अन्तरगत कारवाही हुने भन्दै सचेत समेत गराएकी छिन् ।
सोही क्रममा नगरपालिकामा दर्ता भए नभएका पसलहरुको विवरण संकलन कार्य पनि गर्न थालिएको र दर्ता नभएका पसललाई अविलम्ब नगरपालिकामा दर्ता गराउन सचेत पनि गराउन थालिएको छ ।
यस्तै विगतमा नगरको फोहर संकलन बिहानको समयमा हुँदै आएकोमा अब साँझको समयमा समेत फोहर संकलन र व्यवस्थापनको काम हुने नगरपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ