News Category 2079/04/11
पाँच हजार ५५ जनाले निर्वाचन खर्च विवरण बुझाएनन्

दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा सप्तरीबाट उम्मेदबार बनेकाहरु मध्येबाट ५ हजार ५५ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार जिल्लाभरमा ५ हजार ५ सय ३७ जना उम्मेदवार बनेका थिए । निर्वाचन आयोगले तोकेको समय सीमा अवधीमा जिल्लाका ४ सय ८२ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएको उनको भनाई छ ।
निर्वाचन खर्च विवरण बुझाएका मध्येबाट निर्वाचित पदाधिकारी, पराजित उम्मेदवार, वडा अध्यक्ष, वडा सदस्यहरु पनि छन् ।
यसैबीच बुधबार जिल्लाको मतदान स्थलहरुको स्थलगत निरिक्षण गरिएको छ । आउँदो प्रदेश र संघीय निर्वाचनलाई मध्यनजर गर्दै ती मतदान स्थलहरु सार्ने, दुई स्थाललाई एउटामा गाभ्ने, थप्ने र सार्नु पर्ने राजनीतिक दलहरुबाट आएको जिज्ञासा अनुसार मतदान स्थलहरुको निरिक्षण गरिएको निर्वाचन प्रमुख जोशीले बताए ।
सो स्थलगत निरिक्षण टोलीमा सुरक्षा निकायका अधिकृत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, निर्वाचित प्रतिनिधिहरुको प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ