News Category 2079/04/12
औषधी पसलमा उपचार गराउदा महिलाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
अस्पतालको सट्टा औषधी पसलमा उपचार गराउदा सप्तरीमा एक महिलाको ज्यान गएको छ ।
जिल्लाको रुपनी गाउँपालिका २ पौवा टोलकी ३५ वर्षिया सियादेवी मण्डलको औषधी पसलमा उपचार गराउदा मृत्यु भएको हो ।
बुधवार साँझ उनी राजविराज ६ स्थित अजित फार्मेसी एण्ड क्लिनिकमा छाति दुखेपछि उपचारका लागि आएकी थिइन् । औषधी पसलका सञ्चालक र एक जना महिला स्वास्थ्यकर्मी (नर्स)ले उनको उपचार सुरु गरेको मृतक महिलाका आफन्तको भनाई छ ।
उपचारका क्रममा अचानक अचेत भएकी उनलाई छेउमै रहेको छिन्नमस्ता अस्पताल पु¥याइएको थियो । सो अस्पतालमा इसिजि गर्दा उनलाई मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।
यता मृतकका आफन्तले औषधी पसल सञ्चालकले बिरामीको उपचार पसलमै भइहाल्छ भनि भ्रममा पारेर लापरवाहीपूर्ण तरिकाले उपचार गर्दा आफ्नो मान्छेको मृत्यु भएको दावी गर्दै घटनाको छानविन र दोषीमाथि कारवाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले घटनाको अनुसन्धानका क्रममा विहिवार उक्त औषधी पसलका एक जना सञ्चालकलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको जानकारी दिएका छन् ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ