News Category 2079/04/12
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र

दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
केन्द्रिय सरकारमा सत्ता साझेदारको रुपमा तथा प्रदेशमा आफ्नै नेतृत्वमा सरकार रहेको जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती सप्तरीले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै किसान लक्षित ७ बुँदे माँगसहित बिहीबार प्रधानमन्त्रिलाई ज्ञापन पत्र पठाएको छ ।
वर्षा नहुदाँ किसानहरु समस्यामा परेको तथा धान रोपिसकेको खेत पानी अभावले धाँजा फाट्न थालेको भन्दै मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानको अन्य समस्या समेत समाधान गर्न प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
बुझाइएको ज्ञापनपत्रमा मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई विषेश राहत प्याकेजको व्यवस्था, किसानलाई पर्याप्त मल खाद्यको व्यवस्था, किसानले बैंकहरुबाट लिएको ऋणको ब्याज मिनाहा, किसानलाई कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निशुल्क, सिंचाइका लागी व्यापक डिप बोरिङ्ग लगायतका अन्य बैकल्पिक व्यवस्था गर्न लगायतका माग अघि सारिएको छ ।
स्थानीय शिव मन्दिरमा भेला भइ जसपा सप्तरीका अध्यक्ष केदार यादव, केन्द्रीय सदस्य अमरनाथ मण्डल, युवा नेता शम्भु यादव, हरेराम यादव, राजेश्वर राय लगायतको अगुवाइमा जसपाका नेताहरु प्रमुख जिल्ला अधिकारी गौतमको कार्यकक्षमा पुृगेर ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी गौतमले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाइए दिने प्रतिबद्धता जनाए ।
सोही दलका नेता मृृगेन्द्र कुमार सिंह यादव अहिले कृषि तथा पशुपक्षी विकास मन्त्री हुन । सप्तरी मन्त्री सिंहको गृह जिल्ला पनि हो । यता साउनको दोश्रो साता वित्न लाग्दा पनि वर्षा नहुँदा सोचे अनुरुपको रोपाई गर्न नपाएका किसानहरुले मल खाद्य समयमा समेत नपाउँदा थप समस्यामा परेको गुनासो गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ